काठमाडौँ । अहिले कलाकारहरु प्रेममा हुनु र छुट्टिनु सामान्य विषय बनेको छ । चलचित्र क्षेत्रमा बेला बेला कलाकारहरुको यस्तै चर्चा आईरहन्छ । अहिले सामाजिक सञ्जालमा कलाकार सौगात मल्ल र सृष्टि श्रेष्ठको प्रेम सम्बन्धमा आएको दरारले चर्चा पाएको छ । विगत लामो समय देखि गहिरो प्रेम सम्बन्धमा रहेनु भएका उहाँहरुको अहिले ब्रेक अपको हल्ला चलेको हो । अभिनेत्री सृष्टि श्रेष्ठले इन्स्टाग्राम बाट सौगातको तस्विरहरु पनि हटाउनु भएको छ ।
यस विषयलाई अभिनेता सौगात मल्लले पुष्टी पनि गर्नु भएको छ । ” उहाँले भन्नु भएको छ हामीले आफ्नै तरिकाले काम गर्ने भनेर सहमतिमै अलग भएका हौँ । काम गर्नु पर्ने समयमा काममैँ फोकस गरौँ भनेर यस्तो निर्णय लिएका हौँ ।”, केही समय अघि आफ्नो प्रेम सम्बन्धलाई दुवैले स्विकार गर्नु भएको थियो । प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने चर्चा पनि चलेको थियो । यस अघिका फिल्ममा उहाँहरु सँगसँगै देखिनु हुन्थ्यो । यसै वर्ष सौगात र सृष्टि अभिनित फिल्म माईकल अधिकारी प्रदर्शनमा आएको थियो । तर फिल्म खासै राम्रो चलेन । अहिले सौगात मल्ल नेपालमै हुनुहुन्छ भने सृष्टि चाही प्रदर्शनमा आउन लागेको फिल्म “प्रेमा” को प्रमोसनका लागि लण्डन पुग्नु भएको छ ।

