काठमाडौँ । वैशाख १० गते हुन लागेको उपनिर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी र सुशासन पार्टीबीच पार्टी एकता हुने भएको छ । उप निर्वाचनमा रमेश खरेल बारा–२ मा रास्वपाबाट उम्मेदवार बन्दै हुनुहुन्छ । उहाँले शुक्रबार रास्वपाबाट बारा–२ मा उम्मेदवार बन्ने घोषणा गर्नु भएको हो ।
‘उपनिर्वाचनपछि नयाँ शिराबाट जाने सोँच बनाएको हो, त्यसबारे एक चरण छलफल भैसकेको छ’, उहाँले भन्नुभयो, ‘अब अहिले त उपचुनावमै केन्द्रीत हुनुपर्यो, त्यसैले पछि गर्ने सल्लाह भएको छ ’ ।
खरेलले अब राष्ट्र सेवामा ईमान्दारीता र निष्ठाका साथ अगािड बढ्ने प्रतिबद्धता जनाउनु भएको छ । यसअघि खरेल मंसिरमा भएको निर्वाचनमा नेपाल सुशासन पार्टीबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेर पराजित हुनु भएको थियो । उहाा नेपाल प्रहरीका पुर्व डीआइजीपी समेत हुनुहुन्छ ।

