काठमाडौँ । नवनियुक्त मन्त्रीको शपथ शुक्रबार दिउँसो ३ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासले नयाँ मन्त्रीको शपथ शुक्रबार दिउँसो ३ बजे हुने जनाएको हो । लामो समयदेखि रिक्त मन्त्रालयमा आज दिउँसो नयाँ मन्त्रीले शपथ लिएपछि पूर्णता हुने भएको छ । सत्ता साझेदार १० दलले मन्त्री बन्नेहरूको नामावली प्रधानमन्त्रीलाई बुझाईसकेका छन् ।
नेपाली कांग्रेसबाट आठ मन्त्री, माओवादी केन्द्रबाट एक जना, एकीकृत समाजवादी र जसपाबाट २-२ जना, लोसपा, नागरिक उन्मुक्ति, नेसपा र आमजनता पार्टीबाट एक एक जना मन्त्रीले शपथ लिने छन् । बिहीबार नै मन्त्रिपरिषद् विस्तार गर्ने बताइए पनि छलफल नसकिएको भन्दै शुक्रबारका लागि सारिएको थियो ।