काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरू भएको छ। शुक्रबार बिहान ८ बजेदेखि परीक्षा सुरू भएको हो। एसईईका लागि करिब पाँच लाख विद्यार्थी सहभागी हुँदैछन् । देशभर २ हजार ३६ परीक्षा केन्द्र र जापानमा १ परीक्षा केन्द्र रहेको स्रोतले जनाएको छ । तर अहिले सामाजिक सञ्जालमा तिलहरी धितो राखेर सन्तानलाई एसइई दिन पठाएको कुरा भाईरल भएको छ । विद्यालयको शुल्क तिर्न नसकेर विद्यालयले प्रवेश पत्र नदिए पछि तिलहरी धितो राखेर छोरालाई परिक्षा दिन पठाएको भन्ने खवर बाहिरिएको हो ।
विद्यालयबाट बेला बेला शुल्क बुझाउन खबर आउने गरे पनि उनले तिर्न नसकेकी हुन । उनले एक व्यक्ति सँग भनेकि छिन ” गरिविले गर्दा तिर्न सकेकी थिईन । अन्तिममा परिक्षा नै छुट्ने भए पछि तिलहरि नै धितो राखे, छोराको खुशी नै मेरो खुशी हो ।”, पति रोजगारिको शिलशिलामा भारत पुगेको र मासिक ३ प्रतिशत ब्याज दिने गरि तिलहरी धितोमा राखेको कुरा खुलेको छ । थप विवरण आउन बाँकी छ ।