काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति तथा पुर्व उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले विहिबार एक पोष्ट गर्दै एकको बदला तीन जना सांसद लिएर संसद छिर्ने सपना रहेको उल्लेख गर्नु भएको छ । वैशाख १० गते ३ क्षेत्रमा उपनिर्वाचन हुन लागेको सन्दर्भमा लामिछानेले यस्तो खुलासा गर्नु भएको हो । नागरिकता विवादमा सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि लामिछानेले उपप्रधान तथा गृह मन्त्री पद गुमाउनु भएको थियो । उहाँ चितवन क्षेत्र न २ बाट चुनाव लडेर चिर्वाचित हुनु भएको थियो ।
अहिले सोही क्षेत्रमा हुन लागेको उपनिर्वाचनमा लामिछाने फेरि चुनाव लड्दै हुनुहुन्छ। यस्तै तनहुँ १ र बारा २ मा रिक्त स्थानमा पनि वैशाख १० मै उपनिर्वाचन हुँदैछ । ती दुबै क्षेत्रमा पनि आफ्नो पार्टी विजयी भएको हेर्ने चाहना रहेको उहाँको भनाई छ । उहाँले सामाजिक सञ्जालमा स्टाटस राख्दै भन्नु भएको छ ,‘मेरा गोडामा काँडा बिझेका थिए।म ती काँडाहरु टिप्न निहुरिएको हुँ,झुकेको होइन।अब स्वर्णिम दिनहरु आउने छन् र यो देश हाम्रो पुस्ताले हाँक्ने छ। एकको बदला तिन लिएर संसद छिर्ने सपना छ।’