लोकप्रिय सम्पादक रबिन बिकले १२औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८१ बाट सर्वोत्कृष्ट सम्पादन अवार्ड हातपार्न सफल भएका छन्स,उर्वोत्कृष्ट सम्पादन तर्फ पाँच जनाको प्रतिस्पर्धामा रबिनले लाम पाते सुरती गीतबाट सर्वोत्कृष्ट सम्पादन अवार्ड हात पारेका हुन।
राजधानीको तिलगंगा स्थित बेस्ट वेस्र्टन प्लस होटलमा गत शुक्रबार आयोजित म्यूजिक खबर अवार्डमा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
कलाकारहरुलाई विभिन्न विधामा अवार्ड वितरण गरिएको थियोे । चितवन् जन्मघर भएका रबिन विक निर्देशक देखि कलकर्मिको अँखामा राख्दा पनि नबिझाउने ब्याक्तीको रुपमा चिनिने गरेका छन। नम्र बोली शालिन स्वभाव र कर्ममा विश्वास गरिरहने रबिन विकले बिगत १६ बर्ष देखि राजधानीलाई कर्म थलो बनाएर सम्पादकको रुपमा आफुलाई चिनाउने गरेका छन।
उनले सम्पादन गरेका करिब ७ सय बढि म्युजिक भिडियो बजारमा बजिरहेका छन। जस्तै बेनिको बजार जता माया उतै छ नजर ,आधी खोला उर्लेर आयो,नशा पिउने बानी भयो ,आई लभ यु ,पहिले मायाले,आकासैम जुन छ,दिल चोरेको केस्मा,रुन्छु जहिले पनि,मेरो मुटुमा तिमी छौ ,पिरती को डोरि,म मरेर के भो,बैमानी माया,जस्को लागि,मेरो मुटु कलेजिमा ,ओए ज्योति ओए ज्योति,आमा हो,तिमी संग नजर जुधाइ आदि छन।