• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, चैत ३०, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

नेपाल–भारत सीमामा कडाइको असर :नेपाली नम्बर प्लेटका सवारीलाई भारतमा इन्धनमा रोक

भाडा नतिरेपछि रिपोटर्स क्लवसहित भृकुटीमण्डपका २० कार्यालयमा परिषद्‌ले लगायो ताला

ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न,२२ एमएमको ढुंगा निकालियो

सुदुरपश्चिममा मनाइने बिषु पर्वको रौनक,प्रदेशबाट घरदेश फर्किनेहरुको ताँती

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता

नेपालको घरजग्गा कारोबारमा सुधारका संकेत : आर्थिक वर्ष २०८१÷८२ को चौथो त्रैमासमा उच्च वृद्धि

बुद्ध एयरको ‘रोयल क्लव’ अब पूर्ण डिजिटल, उडानमा यात्रुहरुलाई थुप्रै सुविधा

मन्त्रिपरिषद् सदस्यको सम्पत्ति श्रोत छानबिनको माग गर्दै अखिल (क्रान्तिकारी) को प्रदर्शन

लोकप्रिय समाचार

  • १. जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

  • २. संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

  • ३. ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

  • ४. महानगरको एक्सन : पुतलीसडकदेखि नबिल बैंक अगाडिसम्म तार र ब्यानर हटाइयो

  • ५. डिजिटल कृषि बीमा र बजेटमा विशेष ध्यानको माग

  • ६. इस्लामाबादमा अमेरिका–इरान ऐतिहासिक वार्ताको तयारी, युद्ध रोक्ने प्रयास

  • ७. ७ सालदेखिका हरेक जनआन्दोलन सम्बन्धी फाइल खोल्न सांसद बरालको सरकारसँग माग

  • ८. एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

  • ९. जेनजी आन्दोलनपछि विस्थापित कोशी प्रदेशसभाः दुई महिमा १५ बैठक, आमसञ्चार विधेयक सर्वसम्मत पारित

  • १०. गैरकानुनी रुपमा संकलन गरिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न शिक्षा मन्त्रालयको निर्देशन

यो वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि सुरु हुने


  •   सोमबार, चैत १३, २०७९ मा प्रकाशित
  • प्रत्येक नयाँवर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने विश्वप्रसिद्ध बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुने भएको छ । नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने र वैशाख १ गते दिनभर ल्यासिङ्खेलमा लिङ्गो जात्रा मनाएर साँझ लिङ्गो ढालेर जात्रा मनाइन्छ । जात्राका लागि अत्यावश्यक रहेको भैरव र भद्रकालीको रथ निर्माण सुरु भएको छ । टौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणमा एक महिना अगाडिदेखि रथ निर्माणका लागि बिभिन्न आकारका काठ तयार गर्ने, पाङ्ग्रा बनाउने, बिग्रिएका सामानको मर्मत गर्ने, बुट्टा बनाउने कार्य भइरहेको गुठी संस्थान भक्तपुरको प्रमुख खिमा वलीले जानकारी दिइन् । उनका अनुसार नयाँ काठ किनेर एउटा नयाँ पाङ्ग्रा निर्माण गरिएको र अरु पाङ्ग्रा मर्मत गरिएको छ भने १६ गतेदेखि भैरवको रथको पाङ्ग्रा र विभिन्न पाटपुर्जा जडान गर्दै करिब २३ गतेसम्म प्यागोडा शैलीको तीन तले रथ निर्माण सम्पन्न गरेर रङरोगन गरिने छ ।
    रथ निर्माणका लागि दाताबाट ठूलो काठ आएको र गुठी संस्थानले रथ निर्माण तथा मर्मत आवश्यक पर्ने काठ समयमै ल्याएको छ । उनले भनिन्–, “रथ तान्न ठेकेदारलाई ९० हात लामो कसिलो एकदमै बलियो डोरी ल्याउन निर्देशन दिएका छौँ, जात्रा व्यवस्थापन समितिसमेतको टोलीले डोरीको परीक्षण गरिएको छ, ५५ हात लामो, नाङ्लोजस्तो फराकिलो फेद भएको लिङ्गो जात्राका लागि चाहिन्छ, गत वर्ष दुई लिङ्गो रहेकाले यस वर्ष नयाँ लिङ्गो भने ल्याइएन, यस वर्ष २७ गते भैरवको रथ दिउँसो ३ बजे तानेर अपराह्न ५ बजे सम्पन्न गर्ने निर्णय गरेका छौँ ।”पोटरीस्क्वायमा प्रजापति समाजले उठाउने बिना हातको लिङ्गो भने भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित सल्लाघारीबाट ल्याइएको छ । यस वर्ष बिस्केट जात्राका लागि पूजा खर्चबाहेक रथ निर्माण, डोरी, बेत, विभिन्न साइजका काठ खरिद एवं ज्यालालगायत रु २५ लाख बजेट रहेको उनले जानकारी दिए । २६ गते हनुमान ढोकाबाट खड्ग ल्याएर गुठीका एक कर्मचारीलाई राजाको प्रतीक बनाएर बाजागाजासहित च्याङ्गा गणेश मन्दिरको जङ्गलमा रुखलाई पूजा गरेर खड्ग भित्र्याएपछि जात्रा सुरु हुने परम्परा रहेको छ ।
    लिच्छवीकालदेखि सुरु भएको सो जात्रा वैशाख १ गतेभन्दा चार दिनअगाडि भैरव र भद्रकालीको रथयात्रा गरी सुरु गरिने परम्परा छ । जात्राको मुख्य आकर्षण भनेकै रथजात्रा र लिङ्गोजात्रा हो । तान्त्रिक विधिअनुसार काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिने ३५ फिट अग्लो तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथलाई तानेर लैजाने परम्परा छ । सुरुको दिनमा तौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र क्वाछें, साकोथा, सुकुलढोका, गोलमढी, इनाचो, दत्तात्रय पुर्याइ रथ फर्काउने प्रचलन छ । नयाँ वर्षको चार दिनअघि अर्थात् चैत २७ गते दिउँसो तान्त्रिक विधिअनुसार भैरवनाथको रथमा खड्ग, तरबार र निसान राखिसकेपछि अपराह्नदेखि रथ तान्ने क्रम सुरु गर्ने परम्परा रहेको छ ।विक्रम संवत्अनुसार सौरमासका आधारमा तान्त्रिक विधिअनुसार चल्ने बिस्केट जात्रा नेपाल भाषामा बीःसित (नाग मर्यो), बीय जात्रा (नागको जात्रा), बीःस्यात (नाग मारियो) हुँदै पछि अपभ्रंश भई बिस्केट जात्रा हुन गएको बताइन्छ । रथ तल्लो क्षेत्रमा बुलुचा, नासमना, वंशगोपाल, तेखापुखुतिर लैजाने प्रचलन छ भने भैरव तथा भद्रकालीको रथजात्रा गरी गःहिटी पुर्याएर पहिलो दिनको रथयात्रा विसर्जन गर्ने परम्परा छ ।
    दोस्रो दिन भद्रकालीको रथ गःहिटी खलाटोल अजिमा देवताघर पुर्याइन्छ भने तेस्रो दिन गःहिटीमा भैरवलाई बलि चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । ल्यासिंखेलमा चैत मसान्तको साँझ ५५ हात लामो इन्द्रध्वजासहितको लिङ्गो उभ्याउने परम्परा छ । सुरुमा बिस्केट जात्रा लिङ्गो उभ्याउने र ढाल्ने दिनमा मात्र मनाइन्थ्यो । पछि मल्लकालमा यो जात्रा भैरव र भद्रकालीको रथयात्रा गरी प्रत्येक टोल–टोलमा शक्तिशाली देवीदेवताको पूजा गर्दै मनाउने प्रचलन रहेको हो । रथ तान्दा अप्रिय घटना नहोस् भनेर रथ तान्ने दिन रथमा छ भैरव नाइके, पाँच चौगुठी र दुईजना तलेजुका पुजारी रहने चलन रहेको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी बताए । वैशाख ५ गते जात्राको अन्तिम दिन भएकाले सो दिन पनि सुरुको दिनजस्तै प्रसिद्ध पाँचतले मन्दिरस्थित तौमढी टोलबाट भैरवको रथ दुई सय फिट लामो चार–चारवटा डोरीले बाँधेर तल्लो र माथ्लो टोलका बासिन्दाले आ–आफ्नो टोलमा लैजान दुवैतिर तान्ने गर्छन् । त्यसपछि रथ पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताली भैरवको मुख्य देउतालाई पूजा गरेर देउतालाई भैरव मन्दिरमा भित्र्याइएपछि तान्त्रिक विधिअनुरूप पूजा गरी जात्रा सम्पन्न गरिने परम्परा रहेको छ ।

    Advertisement

    सोमबार, चैत १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल–भारत सीमामा कडाइको असर :नेपाली नम्बर प्लेटका सवारीलाई भारतमा इन्धनमा रोक
    भाडा नतिरेपछि रिपोटर्स क्लवसहित भृकुटीमण्डपका २० कार्यालयमा परिषद्‌ले लगायो ताला
    ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न,२२ एमएमको ढुंगा निकालियो
    सुदुरपश्चिममा मनाइने बिषु पर्वको रौनक,प्रदेशबाट घरदेश फर्किनेहरुको ताँती
    जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता
    सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता

    Facebook Page

    लोकप्रिय

    • १.
      जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

    • २.
      संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

    • ३.
      ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

    • ४.
      महानगरको एक्सन : पुतलीसडकदेखि नबिल बैंक अगाडिसम्म तार र ब्यानर हटाइयो

    • ५.
      डिजिटल कृषि बीमा र बजेटमा विशेष ध्यानको माग

    • ६.
      इस्लामाबादमा अमेरिका–इरान ऐतिहासिक वार्ताको तयारी, युद्ध रोक्ने प्रयास

    भर्खरै

    • १.
      नेपाल–भारत सीमामा कडाइको असर :नेपाली नम्बर प्लेटका सवारीलाई भारतमा इन्धनमा रोक

    • २.
      भाडा नतिरेपछि रिपोटर्स क्लवसहित भृकुटीमण्डपका २० कार्यालयमा परिषद्‌ले लगायो ताला

    • ३.
      ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न,२२ एमएमको ढुंगा निकालियो

    • ४.
      सुदुरपश्चिममा मनाइने बिषु पर्वको रौनक,प्रदेशबाट घरदेश फर्किनेहरुको ताँती

    • ५.
      जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

    • ६.
      सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता

    • ७.
      नेपालको घरजग्गा कारोबारमा सुधारका संकेत : आर्थिक वर्ष २०८१÷८२ को चौथो त्रैमासमा उच्च वृद्धि

    • ८.
      बुद्ध एयरको ‘रोयल क्लव’ अब पूर्ण डिजिटल, उडानमा यात्रुहरुलाई थुप्रै सुविधा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.