काठमाडौं। आधा घन्टाका लागि भनेर स्थगित गरिएको प्रतिनिधिसभाको आजको बैठक अघि बढाउन अझै सहमति जुटेको छैन ।
संसद सचिवालयले सूचना टाँसेर साढे २ बजेसम्मका लागि बजेट स्थगित गरिएको जनाएको हो ।
भिजिट भिसामा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै विपक्षी दलहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सुरुमा आधा घण्टा बैठक स्थगित गरेका थिए ।
सो अवधिमा पनि सहमतिको प्रयास सफल नभएपछि संसद् सचिवालयले सूचना टाँटेर बैठक पर सारेको हो ।