काठमाडौं। नेकपा माओवादी केन्द्र र नेपाः राष्ट्रिय पार्टीबीच एकता भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा दुई पार्टीबीच एकता घोषणा गरिएको हो।
नेपाः राष्ट्रिय पार्टीको अध्यक्ष विजय सैँजु रहेका छन् । आजको पार्टीसँग एकता कार्यक्रममा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग माओवादीका शीर्ष नेताहरु सहभागी थिए ।
माओवादीले आजै यसअघि नेसपा गंगानारायण श्रेष्ठ पक्षसँग एकता गरेको थियो ।