×
बिहिबार, जेठ ०२, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

टेरामक्स प्रकरणमा बस्नेतसहित १६ जना जनाविरुद्ध मुद्दा दर्ता

‘जेनेरेसन जेड’ नेतृत्वमा आउनुपर्छ :उपमहासचिव पुन

एकैदिनमा सुनको मूल्य घट्यो

सुशिला थिङको प्रश्न :विवाहित र अविवाहितमा विभेद गरी कर उठाउन लाज लाग्दैन सरकार ?

सोबिताको सरकारलाई आरोप ‘किर्ते जाहेरी बनाएर रविलाई फसाएको हो’

माया राईलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश

इन्स्पेक्टरद्वारा दिन दहाडै बिच सडकमै कुटिए सहायक हवल्दार

सबैभन्दा बढी अर्थमन्त्रालय कै बेरुजु (प्रतिवेदन तालिका सहित)

मिश्रलाई पक्राउ गर्नुको कारण देखाई उपस्थित गराउन सर्वोच्चको आदेश

लोकप्रिय समाचार

  • १. “भारत–पाक युद्धको चपेटामा नेपाल: राजनीतिक, आर्थिक र सामाजिक अस्थिरता बढ्ने चिन्ता”

  • २. भारत भर्सेस पाकिस्थान:दुई आणविक शक्तिबीच घर्षण

  • ३. झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

  • ४. रवीन्द्र मिश्रमाथि थप अर्को मुद्दा,आपराधिक उपद्रवको आरोपमा मिश्रको आपत्ति

  • ५. भारत–पाकिस्तानबीच सैन्य तनाव चुलियो,दुवै पक्षको आरोप–प्रत्यारोप

  • ६. सुनको मूल्यमा भारी रुपमा घट्यो

  • ७. मोदी सरकारले लगायो चर्चित प्रेस ‘द वायर’ माथि बन्देज

  • ८. नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

  • ९. धरानमै पुगेर ‘हर्क’लाई ‘प्रचण्ड’को आग्रह :उट्पट्याङ कुरा नगर्नुस्,अब सँगै हिँड्न पर्छ

  • १०. भारत र पाकिस्तान तनावले रोकियो आईपीएल

सामाजिक सुरक्षा कोषले ४ लाख श्रमिक समेट्यो


  •   बिहिबार, चैत ०९, २०७९ मा प्रकाशित
  • सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने योगदानकर्ताको सङ्ख्या चार लाख नाघेको छ । सामाजिक सुरक्षा योजना शुभारम्भ भएको ४ वर्षमा ४ लाख ३० श्रमिक कोषमा सूचीकृत भएका छन् । कोषले २०७५ मङ्सिर ११ गते सामाजिक सुरक्षा योजनाको घोषणा गरेको थियो । कोषमा आबद्ध हुनेमा सबैभन्दा बढी बागमती प्रदेशबाट तीन लाख सात हजार सात सय १८ श्रमिक सूचीकृत भएका छन् । कोशी प्रदेशबाट ३८ हजार नौ सय ५७, मधेस प्रदेशबाट २१ हजार दुई सय ५८, गण्डकी प्रदेशबाट १५ हजार दुई सय ४१, लुम्बिनी प्रदेशबाट १४ हजार ९९, सुदूरपश्चिम प्रदेशबाट एक हजार पाँच सय २९ र कर्णाली प्रदेशबाट एक हजार दुई सय २८ श्रमिक सूचीकृत भएका छन् ।
    कोषले आगामी असार मसान्तसम्म पाँच लाख श्रमिकलाई सूचीकृत गराउने लक्ष्य लिएको छ । कोषमा १७ हजार सात सय ३९ रोजगारदाता आबद्ध भएका छन् । कोषले हालसम्म रु ३० अर्ब ११ करोड योगदान सङ्कलन गरेको छ । कोषले विभिन्न योजनाबापत योगदानकर्तालाई रु तीन अर्ब ८३ करोड दाबी भुक्तानी गरेको छ ।पछिल्लो समय कोषले सामाजिक सुरक्षाको दायरा विस्तार गर्दै लगेको छ । वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा उक्त कार्य शुभारम्भ गर्न लागिएको कोषले जनाएको छ । औपचारिक क्षेत्रका श्रमिकलाई योजनामा आबद्ध गराउँदै आएको कोषले बुधबारदेखि वैदेशिक रोजगारीमा रहेका र विदेशमा स्वरोजगारमा रहेका श्रमिकलाई पनि कोषमा सूचीकृत गराउन थालेको छ ।
    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार आयोजित एक कार्यक्रमबीच वैदेशिक क्षेत्रमा रहेका श्रमिकलाई कोषमा सूचीकृत गराउने कार्यको थालनी गरेका थिए । वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सूचीकृत गराउन सुरु भएसँगै विदेशमा रोजगारी र स्वरोजगारमा रहेका लाखौँ श्रमिक योजनामा समावेश हुने अनुमान गरिएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले लामो समयदेखि वैदेशिक रोजगारीमा रहेको श्रमिकलाई सामाजिक सुरक्षा योजनामा समेट्न सरकारसँग आग्रह गर्दै आएको थियो । कोषले नियमितरुपमा योगदान गर्ने योगदानकर्तालाई औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना गरी विभिन्न योजना सञ्चालन गरिरहेको छ ।

    Advertisement

    बिहिबार, चैत ०९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    टेरामक्स प्रकरणमा बस्नेतसहित १६ जना जनाविरुद्ध मुद्दा दर्ता
    ‘जेनेरेसन जेड’ नेतृत्वमा आउनुपर्छ :उपमहासचिव पुन
    एकैदिनमा सुनको मूल्य घट्यो
    सुशिला थिङको प्रश्न :विवाहित र अविवाहितमा विभेद गरी कर उठाउन लाज लाग्दैन सरकार ?
    सोबिताको सरकारलाई आरोप ‘किर्ते जाहेरी बनाएर रविलाई फसाएको हो’
    माया राईलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश

    Facebook Page

    लोकप्रिय

    • १.
      “भारत–पाक युद्धको चपेटामा नेपाल: राजनीतिक, आर्थिक र सामाजिक अस्थिरता बढ्ने चिन्ता”

    • २.
      भारत भर्सेस पाकिस्थान:दुई आणविक शक्तिबीच घर्षण

    • ३.
      झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

    • ४.
      रवीन्द्र मिश्रमाथि थप अर्को मुद्दा,आपराधिक उपद्रवको आरोपमा मिश्रको आपत्ति

    • ५.
      भारत–पाकिस्तानबीच सैन्य तनाव चुलियो,दुवै पक्षको आरोप–प्रत्यारोप

    • ६.
      सुनको मूल्यमा भारी रुपमा घट्यो

    भर्खरै

    • १.
      टेरामक्स प्रकरणमा बस्नेतसहित १६ जना जनाविरुद्ध मुद्दा दर्ता

    • २.
      ‘जेनेरेसन जेड’ नेतृत्वमा आउनुपर्छ :उपमहासचिव पुन

    • ३.
      एकैदिनमा सुनको मूल्य घट्यो

    • ४.
      सुशिला थिङको प्रश्न :विवाहित र अविवाहितमा विभेद गरी कर उठाउन लाज लाग्दैन सरकार ?

    • ५.
      सोबिताको सरकारलाई आरोप ‘किर्ते जाहेरी बनाएर रविलाई फसाएको हो’

    • ६.
      माया राईलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश

    • ७.
      इन्स्पेक्टरद्वारा दिन दहाडै बिच सडकमै कुटिए सहायक हवल्दार

    • ८.
      सबैभन्दा बढी अर्थमन्त्रालय कै बेरुजु (प्रतिवेदन तालिका सहित)

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.