पोखरा। नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले राजालाई घरमै सिंहासन बनाएर राख्न सुझाव दिएका छन् ।
राष्ट्रिय युवा संघ नेपालको १०औं महाधिवेशनको उद्घाटन शत्रमा प्रधानमन्त्री ओलीले देशमा राज सिंहासन गइसकेकाले त्यसको कल्पना नगर्न सुझाव दिए ।
उनले भने,‘यो १५ गते राजालाई सिंहासनमा राख्छन् अरे । सिंहासन बनाएर राख । देशको राज सिंहासन भनेको गयो । गइसक्यो । अब देशको राज सिंहासनको कल्पना गर्ने कस्तो दिमाग होला,’
प्रधानमन्त्री ओली राजा ल्याउने भ्रममा नपर्ने आग्रह गरे । कुनै प्रकारका जनविरोधी र देशद्रोही क्रियाकलापको चेष्टा भयो भने त्यसलाई जनताले धुलो चटाउने ओलीले बताए ।