काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले,आफुले देशको अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै गरेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आज प्रधानमन्त्री ओलीले बितेका १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै गरेको बताएका छन् ।
‘बितेका १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा रु दुई खर्ब १८ अर्बको निर्यात भएको छ । अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ’, प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।