काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले राजावादी नेताहरूसँग लन्च मिटिङ गरेका छन्।
बिहीबार काठमाडौंको सोल्टी होटलमा पूर्वराजा शाहले’संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदी,राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन,राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका प्रमुख केशरबहादुर विष्टसँग ११ बजेदेखि एक घन्टा लन्च मिटिङ गरेका हुन् ।
‘संयुक्त जनआन्दोलन समिति’ ले जेठ १५ गतेदेखि ‘जनआन्दोलन’ घोषणा गरेको छ। त्यसका लागि समितिले तयारी स्वरूप दिनहुँजसो कार्यक्रमहरू गर्दै आइरहेको छ। यसैक्रममा राजावादीहरूले पूर्वराजासँग लन्च मिटिङ गरेका हुन्।
यसअघि पूर्वराजा शाह १२ दिनसम्म नगरकोटमा बसेर राजावादी नेताहरूसँग भेटवार्ता गरेका थिए भने वैशाख ५ गते राप्रपाका ७ जना नेताहरूसँग निर्मल निवासमा लन्च मिटिङ गरेका थिए।