काठमाडौं । काठमाडौं महागरपालिकाका मेयर बालेन शाह गणतन्त्र दिवसको तयारीबारे सिंहदरबारमा राखिएको बैठकमा अनुपस्थित भएका छन् ।
गणतन्त्र दिवस मूल आयोजक समितिका पदेन सदस्य रहने काठमाडौंका मेयरको अनुपस्थितिलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि प्रकट गरे ।
ओलीले भने,
‘कहिले पनि नआउने, तर नाम चाहिँ राखिरहनुपर्ने ? हाइलेभल कमिटीमा सहभागिताका लागि आमन्त्रण गर्दा…एक पटकको कुरा होइन, दुईपल्ट होइन, तीन पल्ट लगातार आएन भने त…अर्कोपल्टसम्म सोधीखोजी गर्नुहोला । हेर्नुहोला रेकर्ड को-को एकपल्ट पनि आउँदैन। आउने हो कि होइन सोधेर आउन नसक्ने भए नाम नराख्नू ।’
यसअघि पनि बालेन गणतन्त्र दिवसका तयारी र मुल समारोहमा अनुपस्थित हुने गरेका छन् ।प्रधानमन्त्री ओलीले बालेनको नाम नलिइकन लगातार अनुपस्थित हुनेहरुलाई बोलाइरनु पर्ने कि नपर्ने भनेर प्रश्न गरेका छन् । उनले अर्कोपटकदेखि राम्ररी सोधेर आउने भएमात्र नाम राख्न निर्देशन दिए ।