काठमाडौँ। जेमिनाईले भिडिओ संवाद गर्न सकिने नयाँ सुविधा सबैका लागि उपलब्ध गराएको छ । कम्पनीले केही दिनअघि घोषणा गरेको यो फिचर अब सबै प्रयोगकर्ताका लागि निःशुल्क उपलब्ध भएको हो ।
यस्तै प्रकारको सुविधा यसअघि ओपनएआईको च्याटजीपीटीमा उपलब्ध थियो । तर,त्यसका लागि प्रयोगकर्ताले मासिक २० डलर शुल्क तिरेर च्याटजीपीटी प्लसको सब्सक्रिप्सन लिनुपर्ने पर्दथ्यो । यता गुगलले भने जेमिनाईमा यो फिचर निःशुल्क उपलब्ध गराएको छ । यसले गर्दा प्रयोगकर्ताले कुनै अतिरिक्त शुल्क बिना नै भिडिओ संवाद गर्न सक्नेछन् ।
जेमिनाईसँग भिडिओ संवाद गर्दा क्यामेरा खुल्छ । क्यामेराले खिचेको दृश्य स्क्रिनमा देखिन्छ । त्यसपछि तपाईंले त्यही दृश्यसँग सम्बन्धित जिज्ञासा जेमिनाईसँग सोध्न सक्नुहुन्छ । तपाईंले केही सोध्नु भएन भने पनि जेमिनाई आफैँले उक्त वस्तु पहिचान गरेर तपाईंलाई जानकारी दिन्छ ।
त्यस्तै,अतिरिक्त शुल्क बिना फिचरले धेरै सहजता प्रधान गर्ने गुगलले दावी गरेको छ ।