×
मङ्गलबार, असार २४, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

पार्टी अवकाश बारेमा देउवा :’अप्ठ्यारो मान्छे हुँ,अरूले भनेर लिन्न’

१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी भए कारागार चलान

भ्रष्टाचारमा दोषी भए कांग्रेस भएकै कारण उन्मुक्ति पाउन नहुने महामन्त्री थापाको दाबी

प्रधानमन्त्री ओलीसँग स्विट्जरल्यान्डका विदेशममन्त्रीको भेट

उपमेयर सुनिता डंगोलको अपिल : संयमित भएर हातेमालो गर्दै बजेट ल्याऔं

शिक्षा समितिको बैठकमा श्याम घिमिरे र रेखा शर्माबीच भनाभन

कुलमानले सुरु गरे बहराइनबाट ‘उज्यालो अभियान’

शरीरलाई विषादिमुक्त र मनशुद्दी गर्ने दिन हरिशयनी एकादशी हो :प्रधानमन्त्री ओली

CG इलेक्ट्रोनिक्सले नेपालकै पहिलो QLED Karaoke TV सार्वजनिक गर्‍यो

लोकप्रिय समाचार

  • १. जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ

  • २. हस्ताक्षर अभियान जारी,रास्वपालाई नै संकटको भारी

  • ३. कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्नका लागि विशेष संसदीय समिति बन्ने !

  • ४. भिजिट भिसा प्रकरणमा डिपी अर्याललाई छानविनको माग गर्दै उजुरी

  • ५. आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

  • ६. अध्यक्ष नेपाललाई मरेको सिनो भनेकी नेतृ रामकुमारी झाँक्रीमाथि नेकपा एसले थाल्यो कारबाही

  • ७. CG इलेक्ट्रोनिक्सले नेपालकै पहिलो QLED Karaoke TV सार्वजनिक गर्‍यो

  • ८. पूर्वराष्ट्रपति भण्डारीको नाम उछालेर एमालेमा विवाद गराउने प्रयास भएको प्रधानमन्त्री ओलीको दाबी

  • ९. LG Nepal ले प्रस्तुत गर्‍यो – Affectionate Intelligence मानव-केंद्रित एआईको नयाँ युगको सुरुवात

  • १०. कुलिङ पिरियड किर्तेमा छानबिन समिति बनाउन सभामुखले मागे दलहरूसँग नाम

‘जेनेरेसन जेड’ नेतृत्वमा आउनुपर्छ :उपमहासचिव पुन


  •   बिहिबार, जेठ ०२, २०८२ मा प्रकाशित
  • काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले डिजिटल प्रविधि र सामाजिक सञ्जालसँगै हुर्किएको जेनेरेसन जेड अर्थात (जेनजी) पुस्ता नेतृत्वमा आउनुपर्ने बताएका छन् ।

    Advertisement

    विद्यार्थी एकता दिवसका अवसरमा पार्टी सम्वद्ध अखिल क्रान्तिकारी काठमाडौं महानगर समितिद्वारा बिहीबार राजधानीमा आयोजित फुटसल प्रतियोगिता उद्‌घाटन गर्दै पुनले जेनजी पुस्ताले राजनीतिमा नेतृत्व विकास गर्नुपर्ने बताएका हुन् ।

    त्यसका लागि राजनीतिक दलहरूले पनि वातावरण बनाइदिनुपर्ने उनको भनाइ थियो । पुनले जेनजीलाई नेतृत्वमा ल्याउने प्रयास स्वरुप आफ्नो दलले ३० वर्षभन्दा कम उमेर समूहका विद्यार्थीलाई क्रान्तिकारीको नेतृत्वमा ल्याएको पनि जिकिर गरे ।

    जेनजीलाई नेतृत्वमा ल्याएकै कारण हालै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा क्रान्तिकारीले काँग्रेसको नेविसंघ र एमालेको अनेरास्ववियु हाराहारी हैसियत बनाउन सफल भएको पुनले उल्लेख गरे ।

    पुनले भने,

    ‘जेनजी माओवादी केन्द्रले विद्यार्थी संगठनको नेतृत्व जेनजीको हातमा दिएर क्रान्ति गरेको छ । जेनजीको हातमा नेतृत्व जानु आफैँमा क्रान्ति हो । स्ववियुमा क्रान्तिकारीले राम्रो परिणाम निकाल्नुको कारण जेनजीमा नेतृत्व जानु हो’

    डिजिटल प्रविधिमा अब्बल देखिएको जेनजी पुस्तालाई उनले केही सुझाव पनि दिए । डिजिटल प्रविधिले ल्याएका खराब प्रवृत्तिबाट टाढै रहन तथा इतिहास, प्रकृति र समाज बुझ्न पुनले आग्रह गरे ।

    ‘जेनजी भनेको सूचना प्रविधिको प्रयोग गरिरहेको पुस्ता हो । डिजिटल प्रविधिका धेरै फाइदा हुँदाहुँदै पनि व्यक्तिलाई समाजबाट अलग गराउने खतरा छ । डिजिटल दुनियाँमा अनगिन्ती सूचना छ । कुन सूचना सही र कुन कुन गलत भन्ने फिल्टर गर्न सक्नुपर्छ’, पुनले भने, ‘समयमै सचेत नहुने हो भने समाजलाई नै गलत बाटोमा ‘ड्राइभ’ गर्न सक्ने खतरा हुन्छ । डिजिटल प्रविधिले मानिसलाई प्रकृति र समाजसँग अलग बनाउने खतरा पनि उत्तिकै छ । संसारभर प्रकृतितिर र समाजतिर फर्किनुपर्छ भन्ने लहर पनि सुरु भएको छ ।’

    बिहिबार, जेठ ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पार्टी अवकाश बारेमा देउवा :’अप्ठ्यारो मान्छे हुँ,अरूले भनेर लिन्न’
    १५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी भए कारागार चलान
    भ्रष्टाचारमा दोषी भए कांग्रेस भएकै कारण उन्मुक्ति पाउन नहुने महामन्त्री थापाको दाबी
    प्रधानमन्त्री ओलीसँग स्विट्जरल्यान्डका विदेशममन्त्रीको भेट
    उपमेयर सुनिता डंगोलको अपिल : संयमित भएर हातेमालो गर्दै बजेट ल्याऔं
    शिक्षा समितिको बैठकमा श्याम घिमिरे र रेखा शर्माबीच भनाभन

    Facebook Page

    लोकप्रिय

    • १.
      जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ

    • २.
      हस्ताक्षर अभियान जारी,रास्वपालाई नै संकटको भारी

    • ३.
      कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्नका लागि विशेष संसदीय समिति बन्ने !

    • ४.
      भिजिट भिसा प्रकरणमा डिपी अर्याललाई छानविनको माग गर्दै उजुरी

    • ५.
      आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

    • ६.
      अध्यक्ष नेपाललाई मरेको सिनो भनेकी नेतृ रामकुमारी झाँक्रीमाथि नेकपा एसले थाल्यो कारबाही

    भर्खरै

    • १.
      पार्टी अवकाश बारेमा देउवा :’अप्ठ्यारो मान्छे हुँ,अरूले भनेर लिन्न’

    • २.
      १५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी भए कारागार चलान

    • ३.
      भ्रष्टाचारमा दोषी भए कांग्रेस भएकै कारण उन्मुक्ति पाउन नहुने महामन्त्री थापाको दाबी

    • ४.
      प्रधानमन्त्री ओलीसँग स्विट्जरल्यान्डका विदेशममन्त्रीको भेट

    • ५.
      उपमेयर सुनिता डंगोलको अपिल : संयमित भएर हातेमालो गर्दै बजेट ल्याऔं

    • ६.
      शिक्षा समितिको बैठकमा श्याम घिमिरे र रेखा शर्माबीच भनाभन

    • ७.
      कुलमानले सुरु गरे बहराइनबाट ‘उज्यालो अभियान’

    • ८.
      शरीरलाई विषादिमुक्त र मनशुद्दी गर्ने दिन हरिशयनी एकादशी हो :प्रधानमन्त्री ओली

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.