• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
मङ्गलबार, बैशाख ०१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

नदीमा पौडी खेल्नेक्रममा बालक बेपत्ता

नयाँवर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको अपिल- सबैको माग समेटेर संवैधानिक समाधान खोजौं।

बाग्मतीका सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाह

आठपहरिया समुदायले मनाए बैशाखे बिसु पर्व

नेपाल–भारत सीमामा कडाइको असर :नेपाली नम्बर प्लेटका सवारीलाई भारतमा इन्धनमा रोक

भाडा नतिरेपछि रिपोटर्स क्लवसहित भृकुटीमण्डपका २० कार्यालयमा परिषद्‌ले लगायो ताला

ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न,२२ एमएमको ढुंगा निकालियो

सुदुरपश्चिममा मनाइने बिषु पर्वको रौनक,प्रदेशबाट घरदेश फर्किनेहरुको ताँती

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

लोकप्रिय समाचार

  • १. यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर

  • २. महानगरको एक्सन : पुतलीसडकदेखि नबिल बैंक अगाडिसम्म तार र ब्यानर हटाइयो

  • ३. ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

  • ४. इस्लामाबादमा अमेरिका–इरान ऐतिहासिक वार्ताको तयारी, युद्ध रोक्ने प्रयास

  • ५. गैरकानुनी रुपमा संकलन गरिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ६. नयाँवर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको अपिल- सबैको माग समेटेर संवैधानिक समाधान खोजौं।

  • ७. मंगलबजारमा छुरा प्रहार प्रकरण : रिस नियन्त्रण गर्न नसक्दाको घातक परिणाम

  • ८. छुरा प्रहार घटनामा संलग्न दुई जना पक्राउ

  • ९. जनताको आकांक्षा पूरा गर्न जनकल्याणकारी कानुन निर्माण गर्न आवश्यक छ : राष्ट्रपति पौडेल

  • १०. ईरान र अमेरिकाबीच इस्लामाबादमा वार्ता हुने

रुपन्देहीमा रविविरुद्धको उजुरी नै किर्ते !


  •   आइतबार, बैशाख २८, २०८२ मा प्रकाशित
  • रुपन्देही – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध रुपन्देहीमा चलिरहेको सहकारी ठगीसम्बन्धी मुद्दामा प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ। उजुरीकर्ताका रूपमा नाम सार्वजनिक भएका दुई व्यक्तिले आफूहरूलाई जानकारी नदिई मुद्दामा तानिएको दाबी गर्दै प्रहरीमाथि ‘नाम दुरुपयोग’ को आरोप लगाएका छन्।

    Advertisement

    वैशाख १६ गते दर्ता भएको पूरक जाहेरीमा पहिलो नम्बरमा नाम रहेका नारायण पहराईले आफूले रवि लामिछानेविरुद्ध कुनै उजुरी नदिएको स्पष्ट पारिसकेका छन्। पहराईका अनुसार उनले सुप्रिम सहकारीमा रहेको आफ्नो बचत फिर्ताको लागि मात्र निवेदन दिएका थिए।

    त्यसपछि वैशाख २७ गते जाहेरीको १६ औं नम्बरमा नाम सूचीकृत गीता आचार्यले पनि प्रहरीमाथि उस्तै आरोप लगाएकी छन्। आचार्यले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लेखेकी छन्, “मैले केवल आफ्नो रकम फिर्ताको लागि निवेदन दिएकी थिएँ, कसैविरुद्ध उजुरी दिएको होइन। कसरी मेरो नाम जाहेरीकर्ताको सूचीमा पर्‍यो, मलाई थाहा छैन। निष्पक्ष छानबिन होस्।”

    गीताका अनुसार उनले सुप्रिम सहकारीमा दैनिक बचत गरेकी थिइन् र कुल ७२ हजार रुपैयाँ फिर्ता पाउने आशामा निवेदन दिएकी मात्र हुन्। पत्रकारसँग कुराकानीमा उनले भनिन्, “म न त कुनै पार्टीको समर्थन गर्छु, न विरोध। तर मेरो नामबाट अरूलाई आरोप लगाएर मुद्दा चलाइँदा चिन्ता लागेको छ।”

    नारायण पहराईले पनि सुरुमा मुद्दालाई लिएर खास चासो नदिएको तर आफ्नो नाम पटक–पटक सार्वजनिक हुन थालेपछि बोल्न बाध्य भएको बताएका छन्। “सुरुमा त खासै वास्ता गरिएन, तर पछि नाम आउन थालेपछि अब त बोल्नुपर्छ भन्ने लाग्यो,” उनले भने।

    सहकारी प्रकरणमा अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी इन्द्रबहादुर रानाले भने संयुक्त जाहेरीमा एक-दुई जनाले फिर्ता लिँदैमा मुद्दा प्रभावित नहुने स्पष्ट पारेका छन्। “यदि सबैले हामी पीडित होइनौं भने मात्रै मुद्दा नै किन भन्ने अवस्था आउँछ,” रानाले बताए।

    उनले विषयबारे अध्ययन आवश्यक रहेको बताउँदै भने, “म आउनुअघिको मुद्दा हो। उजुरीकर्ताले किन यस्तो भनिरहेका छन् भन्ने बुझ्नुपर्नेछ। मैले आधिकारिक रूपमा केही सुनेको छैन, सरकारी वकिलसँग सल्लाह गरेर मात्र केही भन्न सकिन्छ।”

    जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता हुँदा इलाका प्रहरी कार्यालय बुटवलमा डीएसपी विजयराज पण्डित प्रमुख थिए। हाल पण्डितको सरुवा भई राना नियुक्त भएका छन्।

    यसअघि प्रहरीद्वारा सार्वजनिक नाम सूचीमा नारायण पहराई, गीता आचार्यसहित बुद्धबहादुर गुरुङ, पूजा न्यौपाने पाण्डे, मदन भुसाल, हुमलाल गैरे, बेलकुमारी घर्ती र मनरूपा पौडेलको नाम उल्लेख गरिएको थियो।

    रास्वपाका नेताहरूले उजुरीकर्ताको नाम अनुमति बिना प्रयोग गरेर रवि लामिछानेलाई मुद्दामा फसाउने नियोजित प्रयास भएको आरोप लगाइरहेका छन्। उजुरीकर्ताहरूको खुला असन्तोषसँगै अब मुद्दाको निष्पक्षता र प्रहरी अनुसन्धानप्रति गम्भीर प्रश्न उठेको छ।

    आइतबार, बैशाख २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नदीमा पौडी खेल्नेक्रममा बालक बेपत्ता
    नयाँवर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको अपिल- सबैको माग समेटेर संवैधानिक समाधान खोजौं।
    बाग्मतीका सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाह
    आठपहरिया समुदायले मनाए बैशाखे बिसु पर्व
    नेपाल–भारत सीमामा कडाइको असर :नेपाली नम्बर प्लेटका सवारीलाई भारतमा इन्धनमा रोक
    भाडा नतिरेपछि रिपोटर्स क्लवसहित भृकुटीमण्डपका २० कार्यालयमा परिषद्‌ले लगायो ताला

    Facebook Page

    लोकप्रिय

    • १.
      यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर

    • २.
      महानगरको एक्सन : पुतलीसडकदेखि नबिल बैंक अगाडिसम्म तार र ब्यानर हटाइयो

    • ३.
      ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

    • ४.
      इस्लामाबादमा अमेरिका–इरान ऐतिहासिक वार्ताको तयारी, युद्ध रोक्ने प्रयास

    • ५.
      गैरकानुनी रुपमा संकलन गरिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न शिक्षा मन्त्रालयको निर्देशन

    • ६.
      नयाँवर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको अपिल- सबैको माग समेटेर संवैधानिक समाधान खोजौं।

    भर्खरै

    • १.
      नदीमा पौडी खेल्नेक्रममा बालक बेपत्ता

    • २.
      नयाँवर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको अपिल- सबैको माग समेटेर संवैधानिक समाधान खोजौं।

    • ३.
      बाग्मतीका सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाह

    • ४.
      आठपहरिया समुदायले मनाए बैशाखे बिसु पर्व

    • ५.
      नेपाल–भारत सीमामा कडाइको असर :नेपाली नम्बर प्लेटका सवारीलाई भारतमा इन्धनमा रोक

    • ६.
      भाडा नतिरेपछि रिपोटर्स क्लवसहित भृकुटीमण्डपका २० कार्यालयमा परिषद्‌ले लगायो ताला

    • ७.
      ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न,२२ एमएमको ढुंगा निकालियो

    • ८.
      सुदुरपश्चिममा मनाइने बिषु पर्वको रौनक,प्रदेशबाट घरदेश फर्किनेहरुको ताँती

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.