• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बिहिबार, भदौ २६, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भए सुन तस्कर नाइके गोरे !

कैदी भाग्न खोजेपछि रामेछापमा गोली चल्यो, २ जनाको मृत्यु !

संसद विघटन गर्नु जनताको सर्वोच्चता संकटमा पर्नु हो : सोबिता गौतम

विना काम घरबाहिर ननिस्कन सेनाको आग्रह !

प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रविको दाबी !

राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानसेनापतिले

सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी

हिल्टन होटलमा आगजनी

भागे झलनाथ खनाल

लोकप्रिय समाचार

  • १. कन्सलटेन्सीको बदमासी : नागरिक बेचबिखनको नयाँ स्वरूप

  • २. किन आवश्यक भयो सामाजिक संजालको नियमन ?

  • ३. सामाजिक सञ्जाल बन्दविरुद्ध रास्वपाको ज्ञापनपत्र

  • ४. एमालेको विधान महाधिवेशन- पोखरेलको राजनैतिक प्रतिवेदन- के होला भण्डारीको राजनैतिक पुनरागमन ?

  • ५. दुर्गा प्रसाईं सहित भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध माइतीघरमा उर्लिंदै जेन्- जी

  • ६. प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रविको दाबी !

  • ७. चर्को आलोचनापछि काठमाडौंका सीडीओले वेबसाइटबाट आफ्नो तस्वीर हटाए !

  • ८. भोलिदेखि स्कुल,कलेज र विश्वविद्यालय अनिश्चितकालका लागि बन्द गर्ने जेन जीको घोषणा !

  • ९. राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानसेनापतिले

  • १०. जेन्-जीले गरे नेताहरुको खटिया खडी,स्थिती नियन्त्रण बाहिर भएपछी ओलीको जिना हराम

नाबालिग बलात्कार आरोपमा थुनामा रहेका एमाले नेता तथा पूर्वमेयर शिवाकोटीलाई धरौटीमा छाड्न आदेश


  •   शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित
  • विराटनगर। जबर्जस्ती करणीको अभियोगमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्वमेयर तथा नेकपा एमालेका नेता ध्रुवकुमार शिवाकोटीलाई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। उच्च अदालत विराटनगरको इलाम इजलासले बिहीबार उनलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

    Advertisement

    शिवाकोटीले घरमा काम गर्न राखेकी १५ वर्षीया नाबालिगमाथि करणी गरेको अभियोगमा मंसिरमा प्रहरीले पक्राउ गरेको थियो। पीडित किशोरीलाई भारततर्फ लैजाँदै गर्दा ‘आफन्त नेपाल’ नामक संस्थाले उद्धार गरेको थियो। त्यसपछि किशोरीकी हजुरआमाले झापा जिल्ला अदालतमा किटानी जाहेरी दिएकी थिइन्।

    झापा जिल्ला अदालतले पुस २२ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर, शिवाकोटी अस्वस्थता जनाउँदै झापा स्थित बीएण्डसी अस्पतालमा भर्ना भई थुनामा नबसी अस्पतालमै बस्दै आएका थिए।

    उक्त आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन दायर गरेका शिवाकोटीको मुद्दा पटक–पटक स्थगित हुँदै बिहीबार मात्र सुनुवाइ सम्पन्न भएको हो। उच्च अदालतका न्यायाधीशद्वय किरणकुमार पोखरेल र रेखा थापा पाण्डेको संयुक्त इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

    अदालतको आदेशमा उल्लेख छ, “प्रतिवादीले पीडितलाई आफ्नो घरमा वर्षैदेखि पालनपोषण गरी विद्यालयमा अध्ययन गराई आएकोमा विगत ३ वर्षदेखि जबर्जस्ती करणी गर्दै आएको भन्ने आरोप किटानी जाहेरीमा भए पनि, पीडित र उनकी हजुरआमाबीच पटक–पटक फोन तथा प्रत्यक्ष भेटघाट भएको उल्लेख मौकाको कागजमा पाइन्छ। तर पीडितले उक्त कुरा हजुरआमालाई भनेको प्रमाण छैन।”

    पीडित किशोरीले विद्यालय पोशाकमै भारततर्फ जाँदै गर्दा ‘आफन्त नेपाल’ संस्थाका प्रतिनिधिसँग आफूमाथि भएको बलात्कारको पीडा पोखेको थिइन्। उद्धारपछि उनको परिवारसँग सम्पर्क गरी किटानी जाहेरी दर्ता गरिएको हो।

    पूर्वमेयर शिवाकोटी एमालेबाट निर्वाचित भएका थिए। अहिले उनमाथि लागेका अभियोगबारे अनुसन्धान जारी रहेको बताइएको छ। यद्यपि अदालतको आदेशले उनलाई अस्थायी रूपमा छुट दिए पनि कानुनी प्रक्रिया भने अझै टुंगोमा पुगेको छैन।

    शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भए सुन तस्कर नाइके गोरे !
    कैदी भाग्न खोजेपछि रामेछापमा गोली चल्यो, २ जनाको मृत्यु !
    संसद विघटन गर्नु जनताको सर्वोच्चता संकटमा पर्नु हो : सोबिता गौतम
    विना काम घरबाहिर ननिस्कन सेनाको आग्रह !
    प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रविको दाबी !
    राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानसेनापतिले

    Facebook Page

    लोकप्रिय

    • १.
      कन्सलटेन्सीको बदमासी : नागरिक बेचबिखनको नयाँ स्वरूप

    • २.
      किन आवश्यक भयो सामाजिक संजालको नियमन ?

    • ३.
      सामाजिक सञ्जाल बन्दविरुद्ध रास्वपाको ज्ञापनपत्र

    • ४.
      एमालेको विधान महाधिवेशन- पोखरेलको राजनैतिक प्रतिवेदन- के होला भण्डारीको राजनैतिक पुनरागमन ?

    • ५.
      दुर्गा प्रसाईं सहित भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध माइतीघरमा उर्लिंदै जेन्- जी

    • ६.
      प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रविको दाबी !

    भर्खरै

    • १.
      सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भए सुन तस्कर नाइके गोरे !

    • २.
      कैदी भाग्न खोजेपछि रामेछापमा गोली चल्यो, २ जनाको मृत्यु !

    • ३.
      संसद विघटन गर्नु जनताको सर्वोच्चता संकटमा पर्नु हो : सोबिता गौतम

    • ४.
      विना काम घरबाहिर ननिस्कन सेनाको आग्रह !

    • ५.
      प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रविको दाबी !

    • ६.
      राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानसेनापतिले

    • ७.
      सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी

    • ८.
      हिल्टन होटलमा आगजनी

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    निशा सिंह परियार

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.