आकांक्षा पोखरेल- चितवन,कालिका नगरपालिका वडा नं ४ मा बस्दै आउनुभएको कृषक नारायण गिरिको भैसि फार्ममा पुगेका छौँ।बिगत ६ बर्ष देखि भैसि पाल्दै आउनु भएको रहेछ।हाल २० वटा पाडापाडी र २५ वटा माउभैसी रहेका छन।कृषि व्यवसायिहरुलाई सरकारले अझ थप हौसला र अनुदानमा सहयोग गरिदियो भने किसानलाई राम्रो हुने उहाँको भनाइ छ।
अहिलेको परिस्थितिमा कृषि गरेर कामदार,घर-परिवार र आफ्नो मनलाई सन्तुष्ट पार्न नसकेको उहाको गुनासो छ।उहाँ भन्नुहुन्छ “देशको अर्थतन्त्रले गरेर पछिल्लो समयमा किसानलाई मार परेसंगसंगै भैसिलाई खुवाउने दाना,चापड,चोकर,पराल इत्यादिको मूल्य बढ्दा समेत किसानले दूध उत्पादनमा भाउ नपाएर किसान घाटमा रहेको छ। आउनुस,उहाँसंगको छोटो कुराकानी भिडियो मार्फत हेरौं।