काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई गिज्याउने र गाली गर्ने प्रवृत्तिलाई लिएर पत्नी राधिका शाक्यले सार्वजनिक असन्तुष्टि प्रकट गरेकी छन् । आफूहरूले केही गलत काम नगरेकाले गालीगलौजले केही असर नगर्ने उनले बताइन् ।
काभ्रेको धुलिखेलमा आफ्नो आत्मकथा ‘करुणा’ को विषयमा आयोजित एक विमर्श कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । केपी ओलीलाई गिज्याउन र गाली गर्न पाएँ भनेर खुशी हुनेहरुको आफ्नै भविष्य अन्धकार हुने उनले चेतावनी समेत दिइन् ।