काठमाडौं । नेपालको सेयर बजारमा संस्थागत लगानीकर्ताको भूमिकामा म्युचुअल फन्ड रहँदै आएका छन् । विभिन्न नामका म्युचुअल फन्ड जारी गरेर मर्चेन्ट बैंकहरूले त्यसको रकम सेयर बजारमा लगानी गर्दै आएका छन् ।
त्यसरी सेयर बजारमा लगानी भएको म्युचुअल फन्डको रकम करिब ४६ अर्ब रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म म्युुचुअल फन्डले सेयर बजारमा गरेको लगानी रकम ४५ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । माघ मसान्तसम्म यस्तो रकम ४३ अर्ब ६२ करोड रुपैयाँ थियो । केही नयाँ फन्ड सञ्चालनमा आएसँगै दोस्रो बजारमा लगानी रकम बढ्न गएको छ ।
३६ वटा बन्दमुखी योजना र ९ वटा खुलामुखी योजना सञ्चालनमा छन् । यी फन्डको कुल रकममध्ये सेयर बजारमा लगानी भएको रकम ७३.०७ प्रतिशत हो ।