काठमाडौं। पछिल्लो समय अभिनेत्री सुरक्षा पन्तमाथि सामाजिक सञ्जालमा भइरहेको चौतर्फी आलोचना भएपछि पूर्व युवराज हृदयेन्द्र शाहले सामाजिक सद्भाव र समझदारीको सन्देश दिएका छन् ।
हृदयेन्द्र शाहले सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै लेखेका छन्, ‘कहिलेकाहीँ फिल्मको भूमिका निभाउनु भन्दा साँचो र वास्तविक हुनु गाह्रो हुन्छ । हामी सबैलाई आफ्ना विचार खुला रूपमा व्यक्त गर्ने अधिकार छ, र सबैले एक-अर्काको विचारको सम्मान गर्नुपर्छ । दयालुता फैलाऔं । नेपालीहरूले एक-अर्कालाई सहयोग गर्नु पर्छ, नकि तल झार्न ।’
उनको यो भनाइले धेरै नेपालीको ध्यान तानेको छ र समाजमा बढ्दो कटुता र आक्रोशका बीच संयमता र सद्भाव कायम गर्न आवश्यक रहेको सन्देश दिएको छ ।
सुरक्षा पन्त पछिल्लो समय एक सार्वजनिक अभिव्यक्तिका कारण आलोचनाको केन्द्रमा छिन् । केहीले उनको अभिव्यक्तिलाई व्यक्तिगत विचार भन्दै समर्थन गरेका छन् भने केहीले आलोचना आलोचना गर्दै उनको फिल्मलाइ नै बहिष्कार गर्दै आएका छन् ।
यस्तै परिस्थितिमा हृदयेन्द्र शाहको सन्तुलित भनाइले सामाजिक सद्भावको आवश्यकता पुनः स्मरण गराएको छ ।