• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बुधबार, पुष ०२, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

सुनको मूल्य सामान्यरुपमा बढ्दा चाँदीको मूल्य ह्वात्तै बढ्यो

भोट हाल्न जाँदा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने

ओली र पोखरेललाई मतदान गर्न ५५ मिनेट लाग्यो

नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाको ऐतिहासिक ह्विलचियर बन्जी जम्प

एमाले नेतृत्व छान्न सुरु भयो मतदान प्रक्रिया, प्रतिनिधिहरू सक्रिय

नम्बर नभएका फारम तत्काल फिर्ता गरी नयाँ पठाउन देउवासँग शेखरको माग

महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुन्छ भन्ने विश्वास छ: गोकर्ण विष्ट

पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

पासाङ शेर्पाको उम्मेदवारी खारेज

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • ३. रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

  • ४. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ५. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ६. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • ७. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • ८. पासाङ शेर्पाको उम्मेदवारी खारेज

  • ९. बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ

  • १०. श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

‘पहलगाम’ हमला,भारतको कदम ?


  •   सोमबार, बैशाख १५, २०८२ मा प्रकाशित
  • भारत प्रशासित कश्मीरको पहलगाममा मङ्गलबार भएको आतङ्कवादी हमलामा २६ जनाको ज्यान गएको पुष्टि भएको छ । यो हमलालाई, सन् २०१९ पछि भएको सबैभन्दा घातक हमला मानिएको छ। यसपटक आक्रमणको निशानामा बोर्डरका सैनिक होइन, सर्वसाधारण नागरिक थिए।

    Advertisement

    हमलामा मारिएका मानिसहरू कश्मीर घुम्न गएका सामान्य पर्यटक थिए। यस घटनाले कश्मीरको शान्ति सुरक्षा मात्र होइन, पुरै भारतको अमन, चयन र शान्तिमा पनि खलल पुगेको छ। भारतको क्षेत्रीय नीति र पाकिस्तानसँगको द्विपक्षीय सम्बन्धको समग्र परिप्रेक्ष्यमा प्रश्न उठेको छ।

    कश्मीरको पहलगाममा भएको यो हमला भारतको सुरक्षाका हिसाबले मात्र नभइ, कूटनीतिक दृष्टिकोणबाट पनि अत्यन्त संवेदनशील मानिएको छ। अहिले भारतले आफ्नो सीमा नाका बन्द गरिसकेको छ, पानी बाँडफाँटसम्बन्धी सन्धि स्थगित गरेको छ र पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र देश छोड्न भनेको छ।

    त्यसैगरी, भारतले पाकिस्तानी कूटनीतिज्ञहरूलाई पनि निष्कासित गरेको छ। रक्षामन्त्री राजनाथ सिंहले भनेका छन् कि दोषीमाथि मात्र होइन, योजनाकारमाथि पनि कारबाही हुनेछ। यो घटना भारतको राष्ट्रवादी दृष्टिकोणको पुष्टि गर्दै, सरकारको कडा प्रतिक्रिया सुनिश्चित गरिएको देखिन्छ।

    पाकिस्तानले आफ्नो संलग्नता नहुँदा, घटनामा कुनै किसिमको हात नरहेको स्पष्ट पारेको छ। पाकिस्तानका अधिकारीहरूले भनेका छन् कि यो हमला पाकिस्तानको नीति वा समर्थनबाट गरिएको होइन।

    भारतले यसअघिका यस्ता घटनामा जोडतोड प्रतिक्रिया दिएको छ। सन् २०१६ मा उरीमा भएको आक्रमणपछि भारतले सर्जिकल स्ट्राइक गरेको थियो। भारतीय सेनाले पाकिस्तानप्रशासित कश्मीरका आतङ्कवादी लन्चप्याडहरू ध्वस्त पारेको थियो। त्यसपछि, सन् २०१९ मा पुलवामा हमलामा ४० अर्धसैनिक बलका जवानको मृत्यु पछि, भारतले पाकिस्तानको भित्री क्षेत्रमा हवाई आक्रमण गरेको थियो। पाकिस्तानले यसका प्रतिक्रिया स्वरूप भारतीय पाइलटलाई नियन्त्रणमा लियो, तर यी घटनाहरूले पूर्ण युद्धको रूप लिन सकेनन्। त्यसपछि २०२१ मा दुवै देश बीच युद्धविराम सम्झौतासम्मको स्थिति पुगेको थियो।

    यसपटक पनि, सैन्य कारबाहीको सम्भावना बलियो र भारत निकै आक्रोशित देखिन्छ। भारतले सर्जिकल स्ट्राइक, हवाई आक्रमण, वा अन्य त्यस्तै कारबाही गर्न सक्छ। यसका साथै, कारबाहीको स्वरूप र समय सटीक हुनेछ, छोटो र प्रभावकारी कारवाही गर्ने विश्लेषकहरूले बताएका छन्।

    विशेषज्ञहरूको अनुसार, परमाणु शक्ति राष्ट्रहरू बीचको तनाव सधैँ खतरनाक हुन्छ। यस्ता कारबाहीले ठूलो युद्धको रूप लिन सक्ने खतरा सधैँ रहन्छ।

    काश्मिरको पहलगाममा भएको हमला भारतको क्षेत्रीय नीति र पाकिस्तानसँगको सम्बन्धका दृष्टिकोणले पनि संवेदनशील छ। भारतले कश्मीरको शान्ति र स्थिरता कायम राख्नको लागि कूटनीतिक र सुरक्षाका सबै विकल्पहरू खोलेको छ, तर यसपटक पनि सीमापार आतंकवादको कारबाहीमा कड़ा प्रतिक्रिया जनाउनुपर्ने परिस्थितिहरू उभिएका छन्।

    अहिलेको परिस्थितिमा, भारतको कुनै प्रतिक्रिया नजनाइ बस्ने सम्भावना धेरै कम छ। यसले नेपालका नेतृत्वमा भारतको नीति र कश्मीर क्षेत्रको सुरक्षा स्थितिमा गम्भीर प्रभाव पार्न सक्छ। यस बीचमा नेपाल नाकामा पनि भारतले सुरक्षा बढाएको छ।

    यो स्पष्ट देखिन्छ कि कश्मीरको पहलगाममा भएको हमला केवल एक स्थानीय आतंकवाद होइन, बरु यसले भारत–पाकिस्तान सम्बन्धको दन्किरहेको आगोमा पेट्रोल थप्ने घटना भएको छ। यस घटनाले आक्रोशित बनेको भारतको प्रतिक्रिया कति तीव्र र रणनीतिक हुनेछ, अब भारत के जवाफ दिनेछ, भन्ने विषय अहिले सारा विश्वको ध्यानाकर्षणको केन्द्र बनेको छ।
    भारत के गर्ला ?

    सोमबार, बैशाख १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनको मूल्य सामान्यरुपमा बढ्दा चाँदीको मूल्य ह्वात्तै बढ्यो
    भोट हाल्न जाँदा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
    ओली र पोखरेललाई मतदान गर्न ५५ मिनेट लाग्यो
    नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाको ऐतिहासिक ह्विलचियर बन्जी जम्प
    एमाले नेतृत्व छान्न सुरु भयो मतदान प्रक्रिया, प्रतिनिधिहरू सक्रिय
    नम्बर नभएका फारम तत्काल फिर्ता गरी नयाँ पठाउन देउवासँग शेखरको माग

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • ३.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • ४.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    • ५.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ६.
      नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

    भर्खरै

    • १.
      सुनको मूल्य सामान्यरुपमा बढ्दा चाँदीको मूल्य ह्वात्तै बढ्यो

    • २.
      भोट हाल्न जाँदा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने

    • ३.
      ओली र पोखरेललाई मतदान गर्न ५५ मिनेट लाग्यो

    • ४.
      नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाको ऐतिहासिक ह्विलचियर बन्जी जम्प

    • ५.
      एमाले नेतृत्व छान्न सुरु भयो मतदान प्रक्रिया, प्रतिनिधिहरू सक्रिय

    • ६.
      नम्बर नभएका फारम तत्काल फिर्ता गरी नयाँ पठाउन देउवासँग शेखरको माग

    • ७.
      महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुन्छ भन्ने विश्वास छ: गोकर्ण विष्ट

    • ८.
      पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.