• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बुधबार, कार्तिक २०, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

ओलीलाई भेट्न गुण्डु पुगे झलनाथ

पार्टीबाट बिदा मागेका नेता जनार्दनलाई फर्कन प्रचण्डको अपिल !

रास्वपा केन्द्रीय कार्यालयका घरबेटीले छाडे पार्टी !

ओम अस्पतालको क्यान्टिनमा सरसफाइमा लापरबाही गरेपछि ७ दिनका लागि बन्द

‘गोजीमा दाम छैन’ लाई युट्युबमा १० करोड पटक हेरियो

राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान

कांग्रेस संस्थापन पक्ष केन्द्रीय सदस्य छुट्टै छलफलमा

रास्वपाले सुरु गर्यो वृहत् राजनीतिक संवाद बाबुराम देखि रेशम सम्म सहभागी !

१४ कार्तिक २०८२, शुक्रवार October 31, Friday,2025

लोकप्रिय समाचार

  • १. रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै

  • २. सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

  • ३. खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने

  • ४. खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा हाजिर भए

  • ५. खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

  • ६. नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य

  • ७. कांग्रेस संस्थापन पक्ष केन्द्रीय सदस्य छुट्टै छलफलमा

  • ८. १४ कार्तिक २०८२, शुक्रवार October 31, Friday,2025

  • ९. रास्वपाले सुरु गर्यो वृहत् राजनीतिक संवाद बाबुराम देखि रेशम सम्म सहभागी !

  • १०. पार्टीबाट बिदा मागेका नेता जनार्दनलाई फर्कन प्रचण्डको अपिल !

गगनको अभिव्यक्तिमा प्रधानमन्त्रीको आपत्ति, प्रमाण पेस गर्न चुनौती


  •   सोमबार, बैशाख १५, २०८२ मा प्रकाशित
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल नेपाली कांग्रेसमा महामन्त्री गगनकुमार थापाबीच पछिल्लो समय जुहारी चलेको छ । प्रधानमन्त्री ओली र गगनबीचको तीखो जुहारीले सत्तापक्षभित्रको असन्तुष्टिलाई थप उजागर गरेको छ ।

    Advertisement

    यो विवादको केन्द्रमा छ गगन थापाको एक अभिव्यक्ति, जसमा उनले बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको ‘बेडरुमसम्म’ पुगेको दाबी गरेका थिए । यो अभिव्यक्तिप्रति प्रधानमन्त्री ओलीले कडा आपत्ति जनाउँदै प्रमाण पेस गर्न चुनौती दिएपछि यो जुहारीले नयाँ मोड लिएको छ ।

    यो जुहारीको सुरुवात गत वैशाख २ मा गगन थापाले दिएको एक अभिव्यक्तिबाट भएको हो । उनले सत्तारूढ गठबन्धनको कार्यशैलीमाथि प्रश्न उठाउँदै बिचौलियाहरूको प्रभाव सरकारको उच्च तहसम्म, विशेषगरी प्रधानमन्त्रीको निजी क्षेत्रसम्म पुगेको आरोप लगाएका थिए ।

    थापाल भनेका थिए– ‘हाम्रो इकोनोमी (अर्थतन्त्र)मा अहिले समस्या भएको भनेको बिचौलियाको कारणले हो । म यो प्रधानमन्त्री, त्यो प्रधानमन्त्री भन्दिनँ । बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो, नेतृत्वको बेडरुमसम्म हुने भयो । मलाई अहिलेसम्म थाहा थिएन ।’

    यो अभिव्यक्तिले सत्तापक्षमा ठूलो हलचल मच्चायो । प्रधानमन्त्री ओलीले आइतबार यो अभिव्यक्तिको जवाफ दिँदै कडा शब्दमा प्रतिवाद गरे । उनले गगन थापालाई लक्षित गर्दै भने, ‘कोही यस्तरी धतुङ्गाएर बोल्छन्, प्रधानमन्त्रीको बेडरूमसम्मै बिचौलियाको पहुँच पुग्या छ । दया लाग्छ तिनका त्यस्ता शब्दहरू सुन्दा । के बोलेको त्यो ? त्यस्ता कुराहरू प्रमाणित गर्न सक्छन्, तर बोलेका छन्, बिचौलिया बेडरुमसम्म आएको ? यस्तो गम्भीर आरोप लगाउँदा प्रमाणित गर्न सकिन्छ ? यदि सकिन्छ भने प्रमाण पेस गर्नुस्, नत्र यस्ता गैरजिम्मेवार कुरा नबोल्नुस् ।’

    सत्तारूढ नेकपा (एमाले) र कांग्रेसको स्थापन पक्षले गगन थापाको अभिव्यक्तिलाई ‘गैरजिम्मेवार र आधारहीन’ भन्दै खण्डन गरेको छ । एमालेका महासचिव शंकर पोखरेलले भने, ‘गगन थापाले सस्तो लोकप्रियताका लागि यस्ता गम्भीर आरोप लगाएका छन् । उनले प्रमाण पेस गर्न नसके माफी माग्नुपर्छ ।’

    ओली र गगनबीचको जुहारी यो पहिलो पटक होइन, यसअघिदेखि नै बारम्बार जुहारी चल्दै आएको छ । विगतमा पनि गगन थापाले ओली सरकारको कार्यशैलीमाथि कडा आलोचना गर्दै आएका छन् ।

    सोमबार, बैशाख १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलीलाई भेट्न गुण्डु पुगे झलनाथ
    पार्टीबाट बिदा मागेका नेता जनार्दनलाई फर्कन प्रचण्डको अपिल !
    रास्वपा केन्द्रीय कार्यालयका घरबेटीले छाडे पार्टी !
    ओम अस्पतालको क्यान्टिनमा सरसफाइमा लापरबाही गरेपछि ७ दिनका लागि बन्द
    राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान
    कांग्रेस संस्थापन पक्ष केन्द्रीय सदस्य छुट्टै छलफलमा

    Facebook Page

    लोकप्रिय

    • १.
      रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै

    • २.
      सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

    • ३.
      खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने

    • ४.
      खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा हाजिर भए

    • ५.
      खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

    • ६.
      नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य

    भर्खरै

    • १.
      ओलीलाई भेट्न गुण्डु पुगे झलनाथ

    • २.
      पार्टीबाट बिदा मागेका नेता जनार्दनलाई फर्कन प्रचण्डको अपिल !

    • ३.
      रास्वपा केन्द्रीय कार्यालयका घरबेटीले छाडे पार्टी !

    • ४.
      ओम अस्पतालको क्यान्टिनमा सरसफाइमा लापरबाही गरेपछि ७ दिनका लागि बन्द

    • ५.
      ‘गोजीमा दाम छैन’ लाई युट्युबमा १० करोड पटक हेरियो

    • ६.
      राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान

    • ७.
      कांग्रेस संस्थापन पक्ष केन्द्रीय सदस्य छुट्टै छलफलमा

    • ८.
      रास्वपाले सुरु गर्यो वृहत् राजनीतिक संवाद बाबुराम देखि रेशम सम्म सहभागी !

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.