शिवरात्रिको अघिल्लो साँझदेखि नै पशुपति मन्दिर परिसर उल्लासले भरिएको छ। साधु सन्तका साथै भक्तजनहरू पशुपति मन्दिर परिसर पुगेका छन्। शिवरात्रिको मेला भर्न देशका विभिन्न स्थान तथा छिमेकी राष्ट्र भारतबाट पनि भक्तजनहरूको घुइँचो लागेको छ । फागुन कृष्ण त्रयोदशीका दिन मनाइने यो पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने भगवान् शिवको अति प्यारो दिनका रूपमा लिइन्छ । शिवरात्रिका अवसरमा पशुपति आउने श्रद्धालु भक्तजनको सुरक्षा देखिएको सम्पूर्ण प्रबन्धका गरी स्वयंसेवक परिचालन गरिने तथा डाक्टर, नर्स र बेडसहितको नेपाली सेनाको मूल स्वास्थ्य शिविर राखिने भएको छ ।
शनिवार परेको महाशिवरात्रिको अवसरमा पशुपतिनाथमा क्षेत्रमा ३५ सय प्रहरी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले एसपी सीताराम रिजालको नेतृत्वमा ३५ सय प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना बनाएको छ ।