• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, साउन ०६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा

लोकप्रिय समाचार

  • १. राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

  • २. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • ३. अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

  • ४. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ५. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ६. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ७. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ८. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ९. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • १०. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

दोस्रो डिजिटल मिडिया अवार्ड २०८१ बाट सञ्चारकर्मीहरू सम्मानित, लाईफटाइम एचिभमेन्ट अवार्ड विरहीलाई


  •   बिहिबार, चैत १४, २०८१ मा प्रकाशित
  • काठमाडौं । दोस्रो राष्ट्रिय डिजिटल मिडिया अवार्ड २०८१ बाट पत्रकार, सञ्चारकर्मी र समाजसेवीहरूलाई सम्मान गरिएको छ।
    प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर, सांसद गणेश पराजुली, आयोजक न्यूज एक्सप्रेस मिडिया प्रा. लि. का अध्यक्ष मिलनसिंह परियार, प्रबन्ध निर्देशक जीवन अधिकारी र अनलाइन टिभी पत्रकार संघका अध्यक्ष तथा अवार्ड सिफारिस समितिका संयोजक जीवन भण्डारीले अवार्ड वितरण गर्नुभएको थियो।

    Advertisement

    बुधबार राष्ट्रिय नाचघरमा आयोजित अवार्ड वितरण समारोहमा यस वर्षको डिजिटल मिडिया लाईफटाइम एचिभमेन्ट अवार्ड वरिष्ठ पत्रकार हरिहर विरहीलाई प्रदान गरिएको थियो।
    उहाँले नेपाली पत्रकारिताको उत्थान, निष्पक्षता, सत्यतथ्य समाचारको प्रकाशन तथा प्रेस स्वतन्त्रताको रक्षा गर्दै लोकतन्त्रको मजबुतीकरणमा पुर्याएको योगदान अतुलनीय रहेकाले उहाँलाई अवार्ड प्रदान गरिएको प्रमाणपत्रमा लेखिएको छ।

    पत्रकारिताप्रतिको उहाँको निष्ठा, अडान, निर्भीकता, निष्पक्षता र योगदान धेरैका लागि प्रेरणादायी र अमूल्य रहेको पनि प्रमाणपत्रमा उल्लेख गरिएको छ।
    न्यूज एक्सप्रेस मिडिया प्रा.लि. ले गत वर्षको पहिलो राष्ट्रिय डिजिटल मिडिया लाईफटाइम एचिभमेन्ट अवार्ड ९४ वर्षीय वरिष्ठ पत्रकार भैरव रिसाललाई प्रदान गरेको थियो।

    कार्यक्रममा डिजिटल मिडिया एडिटर अवार्ड प्राइम टाइम टिभीका प्रधान सम्पादक मुकुन्द दाहाल, वरिष्ठ पत्रकार डिजिटल मिडिया अवार्डबाट ठाकुर बेल्वासे, पपुलर डिजिटल मिडिया पर्सन अवार्डबाट इमेज टिभीका जगदिश खरेल, पपुलर डिजिटल मिडिया अवार्डबाट नेपाल टाइम्स अनलाइन टिभी, जनआवाज डिजिटल मिडिया अवार्डबाट न्यूज २४ का टेकनारायण भट्टराई, खोज पत्रकारिता अवार्डबाट अन्नपूर्ण पोस्ट दैनिककी ममता थापा, डिजिटल मिडिया उत्कृष्ट पत्रकारिता अवार्डबाट आजको प्रेस अनलाइन टिभीका रोहित भण्डारी, डिजिटल मिडिया प्रस्तोता अवार्डबाट कान्तिपुर टिभीकी रुपा खड्कालाई सम्मान गरिएको थियो।

    त्यसैगरी डिजिटल मिडिया क्रियाशील पत्रकारिता अवार्डबाट हेडलाइन नेपाल अनलाइन टिभीका संजीव रेग्मी, उद्यमशीलता प्रवर्द्धन पत्रकारिता अवार्डबाट सेतोपाटी अनलाइनकी सविना कार्की, डिजिटल मिडिया इथिकल अवार्डबाट सेरोफेरो अनलाइन टिभीका केशवराज जोशी, डिजिटल मिडिया कला पत्रकारिता अवार्डबाट गोपीकृष्ण चापागाईं, डिजिटल मिडिया युवा पत्रकारिता अवार्डबाट शिलापत्र अनलाइनका नवराज कुँवर, डिजिटल मिडिया कल्याणकारी पत्रकारिता अवार्डबाट मेचीकाली अनलाइन टिभीका भोजराज थापा, डिजिटल मिडिया क्यामेरापर्सन अवार्डबाट अनलाइन टिभी नेपालका नवराज गिरी, डिजिटल मिडिया युवा प्रोत्साहन अवार्डबाट केपी अनमोल र डिजिटल मिडिया प्रवास क्रियाशीलता पत्रकारिता अवार्डबाट लक्ष्मण पाठकलई सम्मान गरिएको थियो।

    कार्यक्रममा डिजिटल मिडिया एजुकेटर अवार्ड सेफर्ड मिडिया टेक्नोलोजी कलेजकी प्रमुख कविता शर्मालाई र उत्कृष्ट सञ्चार उद्यमी महिला अवार्ड प्राइम टाइम टिभीकी निर्देशक एलिजा गौतमलाई प्रदान गरिएको थियो भने हेमन्ता सुवेदी ढुंगेल, उमेश बोहरा, रुद्र ढुंगेल, विजय सापकोटा, देवकुमार पाख्रिन र रमेश खड्कालाई सामाजिक सेवा मार्फत अमूल्य योगदान गरेको भन्दै कदरपत्र प्रदान गरिएको थियो।

    सबैलाई अवार्ड वितरण गरेपछि कार्यक्रमकी प्रमुख अतिथि तथा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले धेरै योगदान गरेका, असल र सफल व्यक्तित्वहरूलाई सम्मान गर्न पाउँदा गौरव महसुस भएको बताउनुभएको थियो।

    उहाँले भन्नुभयो, “मैले बाल्यकालदेखि नै आदर्श पत्रकारका रूपमा चिनेको र धेरै ठाउँमा उदाहरण दिँदै स्मरण गर्ने वरिष्ठ पत्रकार हरिहर विरहीलाई लाईफटाइम एचिभमेन्ट अवार्ड प्रदान गर्न पाउँदा ठूलो आत्मसन्तुष्टि प्राप्त भएको छ।”

    उहाँले महत्वपूर्ण व्यक्तिहरूलाई कदर गर्ने र काम गरिरहेका व्यक्तिहरूलाई थप पहिचान दिँदै प्रोत्साहन गर्ने न्यूज एक्सप्रेस मिडिया प्रा. लि. को पनि प्रशंसा गर्नुभयो।

    कार्यक्रम आयोजना गर्न सगरमाथा नेपाल, डालिमा मिडिया र जनवोली टाइम्सले मुख्य प्रवर्द्धकको रूपमा योगदान गरेका थिए।

    बिहिबार, चैत १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु
    मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा
    काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह
    बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती
    बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा
    समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता !

    Facebook Page

    लोकप्रिय

    • १.
      राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

    • २.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • ३.
      अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

    • ४.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ५.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ६.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    भर्खरै

    • १.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • २.
      मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

    • ३.
      मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

    • ४.
      यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

    • ५.
      पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

    • ६.
      लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

    • ७.
      काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

    • ८.
      बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.