• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बुधबार, कार्तिक १३, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !

जेनजी प्रदर्शनको फोटो भाइरल भएपछि बोले विजय लामा अराजक गतिविधिमा संलग्न छैन !

तिहारको समयमा काठमाण्डौ उपत्यका प्रहरीको बिशेष सुरक्षा योजना: ६१०६ जना प्रहरी परिचालन हुने

बाराका प्रहरी प्रमुख तामाङको कार्यशैलीप्रति पत्रकार महासंघको आपत्ति, प्रधानमन्त्री कार्यालय बुझाए प्रेस विज्ञप्ति

२८ असोज २०८२, मंगलवार October 14, Tuesday,2025

२७ असोज २०८२, सोमवार October 13, Monday,2025

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

  • २. सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

  • ३. विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

  • ४. सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !

  • ५. जेनजी प्रदर्शनको फोटो भाइरल भएपछि बोले विजय लामा अराजक गतिविधिमा संलग्न छैन !

भन्सार जाँच पास भइसकेको थियो प्रहरीले बरामद गरेको पौने ४ किलो सुन

  •   बिहिबार, फागुन १५, २०८१ मा प्रकाशित
  • दुबईबाट आएको फ्लाई दुबईको एफजेएड ५७५ नम्बरको विमान बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमनस्थलमा अवतरण भयो ।
    उक्त अन्य यात्रु जस्तै उक्त विमानमार्फत काठमाडौं आएका चार उज्बेकिस्तान नागरिक पनि विमानस्थलको सुरक्षा जाँच पास हुँदै बाहिरिए । अध्यागनको जाँच पास गरेर बाहिरिएका उनीहरूलाई कुनै शंकास्पद वस्तु बरामद भएन । जब अध्यागमन र भन्सारको जाँच पासबाट उनीहरू बाहिर त्यसपछि भने प्रहरीले उनीहरूलाई नियन्त्रणमा लियो । जब प्रहरीको टर्मिनल गेटमा चार उज्बेकिस्तानी नागरिक आइपुगे, त्यसपछि मात्रै शंका लागेर प्रहरीले उनीहरूलाई नियन्त्रणमा लियो ।

    Advertisement

    प्रहरीले नियन्त्रमा लिएका व्यक्तिहरूको राहदानीमा अखमदजनोभ्ना डिल्फुजा मारिफालिब, इस्राइलोभ्ना साओदत फैजिवा, गुलामनोभन उमिदा अखमेदोभ र सरदार तुर्सुनोभ नाम उल्लेख छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार तुर्सुनोभ बाहेक अरू सबै महिला हुन् । बुधबार राति पौन ९ बजेतिर पक्राउ परेका उनीहरूबाट प्रहरीले ३ किलो ७४५ ग्रााम सुन बरामद गरेको छ ।

    मलद्वारमा लुकाइएको थियो सुन
    प्रहरीले पक्राउ परेका चारै जनाको मलद्वारबाट पौने चार किलो सुन बरामद गरेको छ । सुन गालेर गोल गुच्चाको आकारमा बनाएर ल्याइएको अवस्थामा प्रहरीले बरामद गरेको छ । सानो–सानो गुच्चाको आकारमो डल्लो बनाएपछि उक्त सुन चारै जनाले मलद्वारमा लुकाएर दुबईबाट काठमाडौं ल्याइपुर्‍याएको देखिएको छ ।

    जाँच गर्दा मलद्वारमा सुन लुकाएर ल्याएको भेटिएपछि उक्त सुन निकालिएको थियो । चार जानबाट २४ वटा गुच्चा आकारका डल्लामा सुन बरामद भएको छ । उक्त सुनको गन्तव्य तेस्रो मुलुक रहेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । भारतलाई ट्रान्जिट बनाएर उनीहरूले सुन तेस्रो मुलुक लैजान लागेको प्रहरीको आशंका छ ।

    महिला भरिया, पुरुष मालिक
    प्रहरीको पारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका चार जनामा मालिक र भरिया दुवै रहेका छन् । एसएसपी राठौरका अनुसार अहिलेसम्मको अनुसन्धानले पक्राउ परेका तीन महिला भरिया रहेको देखाएको छ । पक्राउ परेका एक पुरुष भने मालिक रहेको देखिएको छ ।

    पौने ४ किलो सुनसहित विमानस्थलबाट ४ जना पक्राउ
    पक्राउ परेका महिलाले आफूलाई सुनबारे जानकारी नभएको र यसको सम्पूर्ण जानकारी तुर्सोनोभलाई हुने बयान दिएका छन् । स्रोतकाअनुसार केही रकम पाउने र नेपाल पनि घुम्न पाउने प्रलोभनमा परेर उनीहरू सुन बोकेर नेपाल आउन तयार भएको देखिएको छ ।

    उनीहरूलाई तुर्सोनोभले भरियाको रुपमा प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यसअघिसम्म सुनका मालिक भने पक्राउ पर्ने अवस्था न्यून हुन्थ्यो । तर यो केसमा भने सुन मालिक पनि पक्राउ परेको प्रहरीको दाबी छ ।

    भन्सारलाई बुझाउने प्रहरी तयारी
    बरामद सुन र पक्राउ परेका चारै जनालाई विमानस्थल भन्सार कार्यालय बुझाउने प्रहरीको तयारी छ । भन्सार छली कसुरको अनुसन्धान प्रहरीको कार्यक्षेत्र नभई भन्सारको हुने भएकाले उनीहरूलाई भन्सार बुझाउने तयारी गरिएको एसएसपी राठौरले बताए ।

    भन्सारले उनीहरूमाथिको अनुसन्धान सकेपछि भन्सार छली तथा चोरी पैठारीमा मुद्दा चलाउने छ ।
    पछिल्लो समय विमानस्थल प्रयोग गर्दै बाला, रिङको आकारमा सोनो परिमाणमा सुन तस्करी हुने गरे पनि ठूलो मात्रामा सुन तस्करी भएको थिएन ।

    डेढ वर्ष अघि २०८० साउनमा ब्रेक प्याडमा लुकाएर तस्करी गरेको सुन राजस्व अनुसन्धान विभागले भन्सार जाँच पास भइसकेपछि बरामद गरेको थियो ।
    त्यसपछि भने ठूलो मात्रामा सुन तस्करी नभई थोरै परिमाणमा बाला, रिङको आकारमा तस्करी हुने गरेको थियो । अहिले भने फेरि करिब ४ किलो सुनसहित प्रहरीले चार विदेशीलाई पक्राउ गरेको छ ।

    बिहिबार, फागुन १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,
    विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !
    सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की
    सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !
    जेनजी प्रदर्शनको फोटो भाइरल भएपछि बोले विजय लामा अराजक गतिविधिमा संलग्न छैन !
    तिहारको समयमा काठमाण्डौ उपत्यका प्रहरीको बिशेष सुरक्षा योजना: ६१०६ जना प्रहरी परिचालन हुने

    Facebook Page

    लोकप्रिय

    • १.
      गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

    • २.
      सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

    • ३.
      विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

    • ४.
      सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !

    • ५.

    • ६.
      तिहारको समयमा काठमाण्डौ उपत्यका प्रहरीको बिशेष सुरक्षा योजना: ६१०६ जना प्रहरी परिचालन हुने

    • ७.
      बाराका प्रहरी प्रमुख तामाङको कार्यशैलीप्रति पत्रकार महासंघको आपत्ति, प्रधानमन्त्री कार्यालय बुझाए प्रेस विज्ञप्ति

    • ८.
      २८ असोज २०८२, मंगलवार October 14, Tuesday,2025

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.