• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बुधबार, कार्तिक १३, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !

जेनजी प्रदर्शनको फोटो भाइरल भएपछि बोले विजय लामा अराजक गतिविधिमा संलग्न छैन !

तिहारको समयमा काठमाण्डौ उपत्यका प्रहरीको बिशेष सुरक्षा योजना: ६१०६ जना प्रहरी परिचालन हुने

बाराका प्रहरी प्रमुख तामाङको कार्यशैलीप्रति पत्रकार महासंघको आपत्ति, प्रधानमन्त्री कार्यालय बुझाए प्रेस विज्ञप्ति

२८ असोज २०८२, मंगलवार October 14, Tuesday,2025

२७ असोज २०८२, सोमवार October 13, Monday,2025

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

  • २. सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

  • ३. विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

  • ४. सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !

  • ५. जेनजी प्रदर्शनको फोटो भाइरल भएपछि बोले विजय लामा अराजक गतिविधिमा संलग्न छैन !

आँबुखैरेनीमा उत्पादित सयपत्री चाड्पर्बमा बिक्रीको लागि तयार


  •   बिहिबार, असोज १७, २०८१ मा प्रकाशित
  • दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित याञ्चोकमा रोपिएको सयपत्री बिक्रीका लागि तयार भएको छ । यान्चोक लघुउद्यम महिला सङ्घले गत साउन २५ गते रोपेको सयपत्री बिक्रीका लागि तयार भएको हो । ४० रोपनी क्षेत्रमा सयपत्री रोपेकामा पहिलो चरणमा दश रोपनी क्षेत्रफलको सयपत्री बिक्रीका लागि तयार भएको सङ्घका अध्यक्ष सुन्तली गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “४० हजार बिरुवा रोपिएको थियो, अहिले १० रोपनी क्षेत्रफलमा सयपत्री फूल बिक्रीका लागि तयारी अवस्थामा छ ।

    Advertisement

    यान्चोक लघुउद्यम महिला सङ्घमा आबद्ध ७० महिलाले सयपत्रीको फूलखेती गरेका छन् । महिला फूलखेतीमा आकर्षित रहेको बताउँदै उहाँले भन्नुभयो, “चाडपर्वलगायत अन्य कार्यक्रमका लागि सयपत्री बाहिरबाट ल्याउन नपरोस् भनेर पालिकाले थालेको अभियानमा हामीले साथ दिएका छौँ, पालिकाबाट पनि हामीलाई सहयोग भएको छ । घरायसी काममा मात्रै व्यस्त महिलालाई स्वरोजगार बनाउने उद्देश्यसहित फूलखेती थालिएको उहाँको भनाइ छ ।

    गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले उत्पादित फूल बिक्रीका लागि पालिकाले सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो विगतका वर्षमा पनि बजारीकरणका लागि पालिकाले सहयोग गरेको हो, अहिले पनि फूल बिक्रीका लागि पालिकाले सहयोग गर्नेछ ।” विभिन्न सभा समारोह, कार्यक्रमका लागि फूल चाहिएमा गाउँपालिकाको कृषि शाखा वा महिला समूहमा सम्पर्क गर्न सकिने केसीले बताउनुभयो । केसीले भन्नुभयो, “गत वर्ष पहिलोपटक यसै ठाउँमा सयपत्रीको फूल रोपिएको थियो, उत्पादन राम्रो भयो, यहाँको सयपत्री कतारसम्म पुगेको थियो ।”

    सयपत्री फूलखेतीबाट महिला कृषक उत्साहित भएको भन्दै यस वर्ष पनि सयपत्री फूलखेतीलाई निरन्तरता दिइएको केसीले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले ८५ प्रतिशत अनुदानमा सयपत्री फूलका बिरुवा उपलब्ध गराएको थियो । गाउँपालिकाले आयातीत तथा प्लास्टिकजन्य फूलमाला निरुत्साहित गर्ने प्रयासस्वरुप गतवर्षदेखि सयपत्री फूलखेतीलाई प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । स्थानीय पुष्प व्यवसायीलाई प्रोत्साहित गर्ने उद्देश्यले गाउँपालिकाले गत वर्षदेखि अनुदानको कार्यक्रम अगाडि बढाएको थियो ।

    चुमानले भन्नुभयो धेरै मात्रामा प्लास्टिकजन्य फूल तथा माला प्रयोग भएको छ, यसले मानवीय स्वास्थ्य र वातावरणलाई समेत असर पुयाइरहेको छ, स्थानीय स्तरमै फूल उत्पादन गरी बाहिरबाट ल्याउन नपर्ने अवस्था सिर्जना गर्ने हाम्रो उद्देश्य हो । चुमानले तिहारमा विदेशी प्लास्टिकका फूल तथा झिलीमिलीको सट्टा स्थानीय स्तरमा उत्पादित फूल प्रयोगमा जोड दिएको बताउनुभयो । गाउँपालिकाले स्थानीयस्तरमा हुने कार्यक्रममा पनि सयपत्री फूलको माला प्रयोगमा जोड दिएको चुमानको भनाइ छ । उहाँले भन्नुभयो, “पालिकाभित्र हुने हरेक कार्यक्रममा कृत्रिम फूललाई विस्थापित गर्छौं, यहीँ उत्पादित फूललाई प्रयोगमा ल्याउँछौँ ।

    बिहिबार, असोज १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,
    सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !
    जेनजी प्रदर्शनको फोटो भाइरल भएपछि बोले विजय लामा अराजक गतिविधिमा संलग्न छैन !
    तिहारको समयमा काठमाण्डौ उपत्यका प्रहरीको बिशेष सुरक्षा योजना: ६१०६ जना प्रहरी परिचालन हुने
    बाराका प्रहरी प्रमुख तामाङको कार्यशैलीप्रति पत्रकार महासंघको आपत्ति, प्रधानमन्त्री कार्यालय बुझाए प्रेस विज्ञप्ति
    जेनजी विद्रोहपछि मुस्कुराउदै सार्वजनि भए देउवा दम्पती

    Facebook Page

    लोकप्रिय

    • १.
      गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

    • २.
      सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

    • ३.
      विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

    • ४.
      सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !

    • ५.
      जेनजी प्रदर्शनको फोटो भाइरल भएपछि बोले विजय लामा अराजक गतिविधिमा संलग्न छैन !

    भर्खरै

    • १.
      गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

    • २.
      विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

    • ३.
      सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

    • ४.
      सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !

    • ५.
      जेनजी प्रदर्शनको फोटो भाइरल भएपछि बोले विजय लामा अराजक गतिविधिमा संलग्न छैन !

    • ६.
      तिहारको समयमा काठमाण्डौ उपत्यका प्रहरीको बिशेष सुरक्षा योजना: ६१०६ जना प्रहरी परिचालन हुने

    • ७.
      बाराका प्रहरी प्रमुख तामाङको कार्यशैलीप्रति पत्रकार महासंघको आपत्ति, प्रधानमन्त्री कार्यालय बुझाए प्रेस विज्ञप्ति

    • ८.
      २८ असोज २०८२, मंगलवार October 14, Tuesday,2025

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.