• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ९. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

अध्ययनको खुलासाः अरुण नदीका कारण सगरमाथाको उचाइ निरन्तर बढिरहेको छ


  •   बुधबार, असोज १६, २०८१ मा प्रकाशित
  • काठमाडौँ – विश्वको सर्वोच्च शिखर सगरमाथा एउटा नदीका कारण १५ देखि ५० मिटरसम्म थप अग्लो भएको एक अध्ययनले देखाएको छ । उक्त नदीले सगरमाथाको तहबाट चट्टान तथा माटोलाई काटिरहेको छ । सोही कारण सगरमाथाको उचाइ बढिरहेको छ। युनिभर्सिटी कलेज लण्डनका शोधकर्ताहरुका अनुसार विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथाभन्दा ७५ किलोमिटर टाढा रहेको अरुण नदीको भूस्तरमा आएको परिवर्तनले सगरमाथाको उचाइँ प्रतिवर्ष २ मिलिमिटर सम्म बढाइरहेको छ । तर यो कसरी सम्भव छ ?
    अध्ययनका सह लेखक एडम स्मिथले भनेका छन्: यो ठ्याक्कै त्यस्तै हो जब तपाईंले सामुद्रिक जहाजबाट सामान तल फ्याँक्न सुरु गर्नुहुन्छ अनि जहाज हलुका हुन्छ र पानीमा केही माथि उत्रिन्छ ।

    Advertisement

    हिमालयको निर्माण चारदेखि पाँच करोड वर्षअघि भारतीय र युरेशियाई टेक्टोनिक प्लेटहरुको ठक्करबाट भएको थियो । टेक्टोनिक प्लेटको टकराव नै हिमालय निरन्तर बढिरहनुको मुख्य कारक रहेको छ ।

    तर, युनिभर्सिटी कलेज लण्डनका शोधकर्ताहरुले चाहिं सगरमाथाको उचाइ बढ्नुमा अरुण नदीको आफ्नै योगदान रहेको पत्ता लगाएका छन् ।

    अरुण नदीले जब जब हिमालयको यात्रा गर्दछ यसले आफूसँग निकै धेरै चट्टान, माटो लगायतका चिजहरु लिएर बग्दछ । ती वस्तुहरु पृथ्वीको माथिल्लो सतह अर्थात् क्रस्टमा जम्मा भएका वस्तुहरु हुन् ।

    यसरी बाह्यमण्डलमा भएका चिजहरु नदीले बगाउँदा मध्यमण्डल अर्थात् मेन्टलमा दबाब कम हुन्छ । अनि दबाब कम हुँदा पातलो पत्र उछिट्टिएर माथितर्फ उठ्न जान्छ र नदीसँगै बग्न थाल्छ। यसलाई आइसोस्टाटिक रिबाउन्ड भनिन्छ जो एक प्रकारको सन्तुलन प्रतिक्रिया हो ।

    नेचर जियोसाइन्स जर्नलमा प्रकाशित अध्ययन अनुसार यो प्रक्रियाको कारणले गर्दा केवल सगरमाथा मात्रै नभएर आसपासका अन्य हिमालहरु पनि अग्लिइरहेका छन् । जसमा विश्वको चौथो तथा पाँचौ अग्ला हिमालहरु ल्होत्से तथा मकालु पनि सामेल छन् ।

    ताजा अध्ययनका सह लेखक डाक्टर म्याथ्यू फक्सले बीबीसीसँग भनेका छन् स् सगरमाथा तथा त्यसको आसपासमा रहेका चुचुराहरु झनै अग्लो भैरहेका छन् किनकि आइसोस्टाटिक रिबाउन्डले ती चुचुराहरुको बेसिनमा कटानका कारण तीव्र रुपमा माथि उठाइरहेका छन् ।

    उनका अनुसार जीपीएस उपकरणहरुको मद्दतले हेर्दा हरेक वर्ष सगरमाथा दुई मिलिमिटरसम्म अग्लो भैरहेको देखियो । पहिले यसको कारण थाहा थिएन तर अब चाहिं यसो किन भैरहेको छ भन्ने कुरा हामीले थाहा पायौं ।

    नदी कटानको असर

    उक्त शोधमा जो भूवैज्ञानिकहरु सामेल भएका छैनन् उनीहरुले भनेका छन् कि सैद्धान्तिक रुपमा यो एउटा रोचक कुरा हो तथापि अध्ययनमा धेरै यस्तो छ जसका बारेमा निश्चित रुपमा केही भन्न सकिंदैन ।

    सगरमाथा नेपाल र चीनको सीमानामा अवस्थित छ यसको उत्तरी भाग चीनतर्फ रहेको छ । अरुण नदी तिब्बतमा उत्पत्ति भएर नेपालतर्फ बग्दछ । त्यसपछि अन्य शाखा नदीहरुसँग मिलेर सप्तकोशी बन्दछ जुन उत्तरी भारतमा प्रवेश गर्छ र अन्तिममा गंगामा मिल्दछ ।

    पहाडबाट गुज्रिने यो नदीको बहाव निकै तिव्र हुन्छ । आफ्नो तीव्र प्रवाहका कारण यो नदीले निकै धेरै चट्टान, ढुंगामाटो तथा हिलोको कटान गर्दै बग्दछ ।

    बदलिंदो उचाइका कारण

    शोधकर्ताका अनुसार अरुण नदीले आफ्नो विद्यमान शक्ति त्यसबेला प्राप्त गर्यो जब उसले ८९ हजार वर्षअघि तिब्बतमा कुनै दोश्रो नदी वा जलाशयलाई आफुमा समाहित गर्‍यो ।

    भूवैज्ञानिक समयका हिसाबले यो खासै पूरानो घटना होइन ।

    चाइना युनिभर्सिटी अफ जियोसाइन्सका एक चिनियाँ शिक्षाविद् डाक्टर झूहानले युनिभर्सिटी कलेज अफ लण्डनमा छात्रवृत्तिका क्रममा शोध गरेका हुन् र उनी यो शोधका प्रमुख लेखक हुन् ।

    हान भन्छन्: सगरमाथाको बदलिँदो उचाइले वास्तवमा पृथ्वीको सतहको गतिशील प्रकृतिलाई उजागर गर्दछ । अरुण नदीको कटान तथा पृथ्वीको आवरणको माथिल्लो दबाबको बीचको परस्पर क्रियाले सगरमाथाको उचाइलाई बढाइरहेको छ ।

    शोधमाथिका सबालहरु

    उक्त अध्ययनमा भनिएको छ कि अरुण नदीले जब विगतमा तिब्बतमा अन्य जलाशय वा नदीमाथि कब्जा गर्यो सम्भवतः त्यसपछि यसले असाधारण मात्रामा चट्टान तथा अन्य सामग्रीहरु कटान गर्ने क्षमता हासिल गर्‍यो ।

    यो अध्ययनमा सहभागी नभएका एडिनबरा विश्वविद्यालयका भूगर्भविज्ञानका प्राध्यापक ह्यु सिंक्लेयरका अनुसार सगरमाथाको उचाइ बढ्नुमा जिम्मेवार भनेर शोधकर्ताहरुले जुन कारणलाई देखाएका छन् त्यो उचित छ । तर उनले केही प्रश्न पनि उठाएका छन् ।

    उनी भन्छन् स् नदीको कारण हुने कटानको सटिक मात्रा तथा समय वा नदीले आफ्नो पिँधमा तलतर्फ गर्ने कटान अनि आफ्नो च्यानललाई अझै गहिरो गराउने प्रक्रियाकै कारण आसपासका चुचुराहरु अग्लो हुने कुरा मलाई अनिश्चितताले भरिएको जस्तो लाग्छ ।

    उनका अनुसार जल निकासीमा कब्जाको कारणले गर्दा यतिठूलो जलग्रहण क्षेत्रमा नदीबाट कटानको भविष्यवाणी गर्न मुस्किल हुन्छ । साथै तीव्र स्थानीय कटानका कारण पहाड अग्लो बनिरहेको भन्ने कुराको अनुमान लगाउन निकै कठीन हुन्छ ।

    तथापि सगरमाथाको असाधारण उचाइमा एउटा नदीको भूमिकाले एक रोचक पहलुको प्रतिनिधित्व गर्ने उनको भनाइ छ । एजेन्सी

    बुधबार, असोज १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास
    भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता
    क्यासिनो खेलाएको आरोपमा पालिका अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना पक्राउ

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.