काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बिहिबार सुन तोलामा ८ सयले घटेर आज प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँ कायम भएको हो । यसअघि बुधबार सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।