दुई महिनादेखि अन्तरिक्षमा फसेका नासाका दुई यात्री सुनिता विलियम्स र बेरी बच विल्मोरलाई सन् २०२५ को सुरुमा धर्तीमा फर्काइने भएको छ। अमेरिकी अन्तरिक्ष संस्था नासाले पत्रकार सम्मेलन गरी २०२५ फेब्रुअरीमा स्पेसएक्सबाट धर्तीमा फर्काउने जनाएको बिबिसीले जनाएको छ। दुवै यात्री बोइङ स्टारलाइनर विमानबाट अन्ताराष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस)मा गएका थिए। अब उनीहरू बिनाचालकदल फर्कने नासाले जनाएको छ।
६१ वर्षका विल्मोर र ५८ वर्षीया सुनिताले गत जुनमा अन्तरिक्ष स्टेशनका लागि उडान भरेका थिए। आठ दिनको मिशनमा गएका उनीहरूले अन्तरिक्ष कक्षमा ८ महिना बिताउनुपर्ने भएको छ।