• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

सोमबार पनि घट्यो सुन-चाँदीको भाउ

लोकप्रिय समाचार

  • १. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • २. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ३. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ४. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ५. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ६. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ७. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ८. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • ९. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

रामेछापको दोरम्बामा मध्यराती ५ घर बगे


  •   आइतबार, भदौ ०९, २०८१ मा प्रकाशित
  • रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ३ लेखर्कमा पहिरो खस्दा ठूलो मानविय तथा भौतिक क्षति भएको छ भने म्याग्दीको बेनीबजार आसपासको क्षेत्र बाढीबाट ठूलो क्षति भएको बारे दुखद खबर छ ।

    Advertisement

    शैलुङको पहिरोमा १० जना हराएकामा ६ जनाको शव फेला परेको छ । ४ जना अझै बेपत्ता छन् । शनिबार राति अविरल वर्षापश्चात् लेखर्कमा ११ः४५ बजेतिर आएको पहिरोले पाँच घर पूर्णरूपमा बगाएको प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिइन् ।

    थप पाँच घर क्षतिग्रस्त अवस्थामा छन् । ३० घरधुरी रहेको उक्त बस्ती नै जोखिममा परेको निरौलाको भनाइ छ । पहिरोमा परी ज्यान गुमाएकाहरूको पहिचान खुलेको छ । प्रहरीका अनुसार ३० वर्षीया चण्डीका थापा मगर, उनका १८ महिनाका छोरा आमस थापामगर रहेका छन् ।

    यस्तै ४० वर्षीया उर्मिला पहरी, १७ वर्षका सन्दीप, १८ वर्षका विज्ञान र १४ वर्षका सन्तोष पहरी रहेका छन् । उनीहरू एकै परिवारका हुन् । यस्तै, ७५ वर्षीया फड्की पहरी, ५५ वर्षका काले पहरी, ५४ वर्षीया, झ्याउकिरी पहरी, र २३ वर्षीया बिन्दा पहरी बेपत्ता छन् ।

    १० वर्षीया अञ्जना पहरीको उद्धार गरिएको छ। घटनास्थल गाउँपालिकाको केन्द्रबाट पनि दुई घन्टाको दूरीमा भएकाले द्धारलाई नै पहिलो प्राथमिकतामा राखेर घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिसकिएको निरौलाले बताएकी छन् ।

    उनले एक जना बालकको उद्धार गरिएको पनि जानकारी दिइन् । लेदोसहितको पहिराले ढोइगाउँ खोलाको पुलसमेत बगाएको छ । गत वर्षमात्रै निर्माण सम्पन्न भएको उक्त पुल करिब ३ करोड लागतमा तयार भएको हो ।

    बाढीले पक्की पुल नै बगाउँदा पहिरोमा बेपत्ता भएकाहरुको उद्धारमा समस्या भएको छ । दोरम्बा–शैलुङ गाउँपालिका २ र ३ जोड्ने पक्की पुल गएराति बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

    यता गएराति ठूलो पानी पर्दा म्याग्दीको बेनीबजार आसपासको क्षेत्र बाढीबाट प्रभावित भएको छ । बाढीले एउटा जीप बगाएको छ भने विद्यालय, ज्येष्ठ नागरिक आश्रमको भवन, सडकलगायत भौतिक संरचनामा क्षति भएको छ ।

    जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार पोखराबाट बेनीका लागि छुटेको ग२च ९३५५ नम्बरको जिपलाई बागलुङ–बेनी सडकअन्तर्गत बेनी नगरपालिका–१ हुलाकेको खोल्साको बाढीले बगाएको छ ।

    यात्रु र चालकले भागेर ज्यान जोगाएका छन् । सशस्त्र प्रहरी बल गुल्म गलेश्वरका प्रहरी नायब उपरीक्षक नवराज नेपालकाअनुसार बेनी–जोमसोम सडकमा पहिरो खसेपछि खोल्सा र नालीको पानी बस्तीतर्फ सोझिँदा एउटा विद्यालय तथा ज्येष्ठ नागरिक आश्रमको भवनमा क्षति भएको छ ।

    बेनी नगरपालिका–९ मा रहेको जडभरत संस्कृत माध्यमिक विद्यालयको पाँचकोठे भवनको कक्षाकोठाभित्र बाढी पसेर पुरिएको छ ।

    आइतबार, भदौ ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं
    बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो
    कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव
    भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो
    राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न
    रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    Facebook Page

    लोकप्रिय

    • १.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • २.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ३.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ४.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ५.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    • ६.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    भर्खरै

    • १.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    • २.
      सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    • ३.
      बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

    • ४.
      कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

    • ५.
      भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

    • ६.
      राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    • ७.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    • ८.
      काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.