काठमाडौं – आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । बुधबार सुन तोलामा ८ सयले बढेर १ लाख ५३ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि मंगलबार सुनको मूल्य १ लाख ५२ हजार २ सय रहेको थियो । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २५ रुपैँयाले बढेर १ हजार ८३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।