• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ९. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या योजना बनाएको आरोपमा पाकिस्तानी नागरिक पक्राउ ।


  •   बुधबार, साउन २३, २०८१ मा प्रकाशित
  • इरानसँग कथित सम्बन्ध भएको एक पाकिस्तानी नागरिकलाई पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य धेरै सार्वजनिक अधिकारीहरूको हत्या गर्ने योजना बनाएको आरोपमा पक्राउ गरिएको ब्रुकलिन संघीय अदालतमा मंगलबार अनसिल गरिएको आपराधिक उजुरीमा जनाइएको छ । आपराधिक उजुरीमा ट्रम्पको नाम उल्लेख नगरिएपनि षड्यन्त्रको निशानाहरु मध्ये एक ट्रम्प रहेको जनाइएको छ । अन्य सम्भावित निशानाहरुमा सरकारी अधिकारीहरू समावेश थिए ।

    Advertisement

    इरानमा समय बिताएपछि आसिफ मर्चेन्ट नामका व्यक्ति आक्रमणकारीहरु भर्ती गर्न पाकिस्तानबाट अमेरिका आएको एक मेमोमा जनाइएको छ । आसिफ मर्चेन्टले सम्पर्क गरेको व्यक्ति एफबीआईका अण्डरकभर एजेण्ट भएकाले योजनाको खुलासा भएको आपराधिक उजुरीमा उल्लेख गरिएको छ । ४६ वर्षीय आसिफ मर्चेन्टलाई हत्याका लागि व्यक्ति भाडामा लिने अभियोग लगाइएको छ ।

    आसिफलाई जुलाई १२ मा पक्राउ गरिएको थियो । पेन्सिलभेनियाको बटलरमा ट्रम्पको हत्या प्रयासको एक दिन अघि आसिफ मर्चेन्ट गिरफ्तार गरिएको थियो । महान्यायाधिवक्ता मेरिक गारल्याण्डले एक विज्ञप्तिमा डिपार्टमेन्ट अफ जस्टिसले इरानी जनरल सुलेमानीको हत्याको लागि अमेरिकी सार्वजनिक अधिकारीहरू विरुद्ध बदला लिने इरानको निर्लज्ज र अथक प्रयासलाई रोक्न आक्रामक रूपमा काम गरिरहेको बताएका छन् ।

    अमेरिकी नागरिकहरू विरुद्ध इरानको घातक षड्यन्त्र गर्न खोज्नेहरूलाई बाधा पुर्‍याउन र जवाफदेही बनाउन डिपार्टमेन्ट अफ जस्टिसले कुनै स्रोत नछोड्ने उनले बताएका छन् । अमेरिकी सार्वजनिक अधिकारीहरूलाई लक्षित गर्ने र अमेरिकाको राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने इरानी तानाशाही शासनको प्रयासलाई नसहने उनको भनाई छ । न्यूयोर्कको ईष्ट डिस्ट्रिक्टका लागि अमेरिकी अधिवक्ता ब्रेओन पीसले विदेशीको तर्फबाट काम गर्दै आसिफ मर्चेन्टले अमेरिकी भूमिमा अमेरिकी सरकारी अधिकारीहरूको हत्याको योजना बनाएको बताएका छन् ।

    अप्रिलमा आसिफ मर्चेन्ट इरानबाट आइपुगेको र आफ्नो षड्यन्त्रमा मद्दत गर्न विभिन्न व्यक्तिलाई सम्पर्क गरेको अधिकारीहरूले बताएका छन् । त्यसपछि एक गोप्य स्रोतले यसबारे सरकारी अधिकारीहरुलाई जानकारी दिएपछि अधिकारीहरुले अनुसन्धान सुरु गरेका थिए । आसिफ मर्चेन्टले हत्या गर्न सक्ने पुरुषहरू, हत्या पछि प्रदर्शन गरेर ध्यान मोड्नसक्ने लगभग २५ जना र एक महिलालाई षड्यन्त्रमा सहभागी हुन अनुरोध गरेको उजुरीमा भनिएको छ।

    मध्य जुनमा आसिफ मर्चेन्टले हत्या षड्यन्त्रमा सहभागी हुनसक्ने भनेर सोंचेका मानिसहरूलाई भेटेको तर उनीहरु वास्तवमा सरकारका अण्डरकभर एजेन्टहरु रहेको जनाइएको छ । मर्चेन्टले हत्या भएको बेला देश छाड्ने योजना बनाउनु अघि हत्यामा संलग्नलाई अग्रिम रूपमा ५ हजार डलर तिरेको समेत अधिकारीहरूले बताएका छन् । आफूले अमेरिका छाड्ने योजना बनाएको जुलाई १२ को मितिमा नै मर्चेन्टलाई पक्राउ गरिएको थियो ।

    बुधबार, साउन २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर
    साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.