• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, मङि्सर २९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

“एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

“एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

बजेट अभावले हुलाकी राजमार्गका १८ वटा पुलको ठेक्का प्रक्रिया अलपत्र

एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद नरहने

लोकप्रिय समाचार

  • १. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • २. रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

  • ३. जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

  • ४. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ५. कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

  • ६. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ७. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • ८. बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ

  • ९. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • १०. ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की

काठमाडौंका सडकमा फोहोर थुप्रिन थाल्यो, महानगर भन्छ-तत्काल फोहोर उठ्दैन।


  •   शनिबार, साउन २१, २०७९ मा प्रकाशित
  • काठमाडौँ: दुई महिनादेखि काठमाडौंको सडकमा फोहर थुप्रदा नागरिकलाई आवतजावत गर्नसमेत समस्या भएको छ। बाटो मर्मतको कारण देखाउँदै काठमाडौं महानगरपालिका र अन्य निजी क्षेत्रले समेत नियमितरुपमा फोहरको अन्तिम व्यवस्थापनको काम नगर्दा सडकमा जताततै फोहर देखिन थालेको हो। विशेष गरी काठमाडौंका मुख्य सडक कलंकी, कालीमाटी, टेकु, अनामनगर, बानेश्वर, थापागाउँ, कोटेश्वरलगायत स्थानका सडकमा लामो समयदेखिको फोहरको थुप्रो हुँदा समस्या आएको छ।

    Advertisement

    यता कामपाले भने सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम पूरा नभएकाले साविकबमोजिम फोहर व्यवस्थापन हुन नसक्दा काठमाडौँको मुख्य चोकमा फोहर थुप्रिन थालेको जनाएको छ। यही साउन ४ गते काठमाडौँ महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ताका लागि घर बाहिर फोहर ननिकाल्न आग्रह गरेको थियो।

    एक हप्ताको समयमा पनि सडक मर्मतको काम पूरा नभएपछि सबै सवारी साधन चलाउन कठिन भएकाले फोहर व्यवस्थापनमा समस्या भएको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। उक्त बाटो मर्मतको काम सम्पन्न गर्न अझै समय लाग्ने भएकाले केही दिन सबै स्थानको फोहर व्यवस्थापन गर्न कठिन हुने उनको भनाइ छ।

    त्यसैगरी बञ्चरेडाँडाका स्थानीयले सम्झौताअनुसार काम नभएको भन्दै आगामी भदौ १ गतेदेखि फोहर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन्। समयमा नै सडक मर्मतको काम नगरेको, फोहर बोक्ने गाडीमा (लिचड ट्यांकी) फोहरको लेदो रहने भाँडो व्यवस्था नगरिएको, स्थानीयको स्वास्थ्य बीमा, शिक्षाको प्रत्याभूतिजस्ता विषयबारे बेवास्ता गरिएको भन्दै स्थानीयवासीले फोहर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन्।

    कामपाले बञ्चरेडाँडाका स्थानीयको माग सम्बोधनको चरणमा रहेको जनाउँदै उपत्यकाको कुहिने फोहर यही व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको जानकारी दिएको छ। त्यसका लागि उपत्यकाको अन्य नगरपालिकासँगको सहकार्यमा जग्गा पहिचानको काम भइरहेको बताइएको छ।

    यसअघि हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको थियो । सबैभन्दा बढी कामपामा पाँच सय मेट्रिक टन फोहर निस्कने गर्दछ। उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत उक्त स्थानमा व्यवस्थापन गरिँदै आएको थियो।

    नगरपालिका वा ल्याण्डफिल साइटका मानिसलाई गाली गर्नुभन्दा हरेक व्यक्तिले भान्साबाट फोहर छुट्याउनमा योगदान गर्नुपर्ने वातावरणविद् भूषण तुलाधरको भनाइ छ। ‘नीतिगत व्यवस्थाको कार्यान्वयन, योजना र सहकार्यबाट सहरको फोहरलाई दिगो व्यवस्थापन गर्न सकिने र यसको सुरुआत घरबाट होइन भान्साबाट फोहर वर्गीकरण गर्न थाल्नुपर्छ’ तुलाधरले भने।

    • काठमाडौँ
    • फोहोर
    • बालेन शाह
    शनिबार, साउन २१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    “एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”
    “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”
    राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने
    एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु
    श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय
    ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • २.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • ३.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • ४.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    • ५.
      कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

    • ६.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    भर्खरै

    • १.
      “एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

    • २.
      “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

    • ३.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ४.
      पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

    • ५.
      एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

    • ६.
      श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

    • ७.
      ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

    • ८.
      बजेट अभावले हुलाकी राजमार्गका १८ वटा पुलको ठेक्का प्रक्रिया अलपत्र

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.