• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ९. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

तुलसीपुर-१७ मा बुवाको मृत्युपछि छोरालाई बनायो वडाध्यक्ष उम्मेदवार


  •   बुधबार, बैशाख २८, २०७९ मा प्रकाशित
  • काठमाडौँ: तुलसीपुर उपमहानगरपालिका-१७ का २८ वर्षीय प्रदीप चौधरीले आफू वडाध्यक्षको उम्मेदवार बन्नु पर्ला भनेर कल्पना पनि गरेका थिएनन्। भविष्यमा यही काम गर्छु वा यही बन्छु भन्नेसम्म उनले नसोचेको बताए। एकाएक उनको जीवनमा नसोचेकै भइदियो।

    Advertisement

    नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार रहेका उनका बुवा ५३ बर्षीय लबरु चौधरीको उपचारका क्रममा निर्वाचन आउनुभन्दा तीन दिनअगाडि काठमाडौंमा उपचारका क्रममा मृत्यु भयो। त्यसभन्दा पहिले लबरुले कहिलै केही स्वास्थ्य समस्या भएको कुरा परिवारमा कहिल्यै व्यक्त गरेका थिएनन्।

    ‘बुवाले हामीलाई कहिल्यै केही भन्नुभएन र रोग आफ्नो मुटुमा राखेर रात दिन पार्टीका लागि खट्नुभयो,’ प्रदीपले भने, ‘हामीले तपाईं किन औषधी गर्नु हुन्न भन्दा मलाई केही भएको छैन भन्दै सधैँ टार्नुभयो।

    बुवा लबरु कुन रोगको बिरामी थिए भन्नेबारे समेत आफूले यसअघि केही थाहा नपाएको प्रदीपले बताए। चिकित्सकले भने कलेजो र मिर्गौलाको समस्याका कारण उनको मृत्यु भएको जानकारी दिएका थिए। बुवा लबरु बिरामी भएपछि उपचारका लागि नेपालगन्ज हुँदै काठमाडौं लैजाँदासम्म छोरा प्रदीप साथमै थिए।

    शव मंगलबार बेलुका साढे ७ बजेतिर मात्रै घर ल्याई पुर्‍याए। स्थानीय खोलामा आफ्नो जातीय परम्परा अनुसार अन्तिम संस्कार गरे। नेकपा एमालेले सहानुभूति मत बटुल्ने सोचले प्रदीपलाई वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गर्‍यो। एकातिर बुवा बितेको शोक र अर्कोतिर निर्वाचनमा भिड्नु पर्ने बाध्यता प्रदीपको जीवनमा आइलाग्यो।

    कहीँ-कतै जाँदा ढिला गरे बुवाले सधैँ बाबु कहाँ छस् भनेर फोन सम्पर्क गर्थे। र यसअघिका वडा सदस्यमा निर्वाचित बुवा लबरु ढिला भए छोरा प्रदीपले खोजी-नीति गर्थे। प्रदीपकै शब्दमा उनका बुवा गाउँघरका लागि एउटा इमान्दार स्वयंसेवक जस्तै थिए। जसले रातदिन जनताको सेवामा बिताए। हामी सानो छँदा बुवाले बेस संस्थामा काम गर्नुहुन्थ्यो,’ प्रदीपले भने, ‘हामीलाई बुवाले कहिल्यै पिटेको वा गाली गरेको थाहा छैन।’

    यसपटक बुवाले वडाध्यक्षको टिकट पाएपछि प्रदीपले पनि बुवाको तस्बिर छातीमा राखेर गाउँ घरमा भोट माग्दै हिँडेका थिए। परिस्थितिले आज बुवाको शेषपछि उनै त्यही ठाउँमा उभिनु परेको छ।

    स्थानीय दूधरास विद्यालयमा कक्षा १२ पढ्दापढ्दै प्रदीपले पढाई छोडेका प्रदीपले बुवाको सपना सार्थक पार्न आफू वडाध्यक्षको उम्मेदवार बनेको बताए। घरमा खेती किसानी गरेर प्रदीपले सघाउँदै आएका थिए।

    थारू समुदायमा मृत्यु संस्कार दिन/बार अनुसार हुने गर्छ। सोमबार र बिहीबार परे तीन दिनमै पनि चोखीनिधिको कार्यक्रम हुन्छ। मृत्यु संस्कारमा किरिया पुत्रीले मात्रै सबै बार्ने गर्छन। घरका अरू सदस्य तेल, नुन, बेसार र दाल खाँदैनन्। चोखीनिधिका दिन माछा, संगुरको मासु, रक्सी पनि अनिवार्य मानिन्छ। बुवा बित्दा किरिया पुत्रीले दहीसँग एक छाक भात खान्छन् भने आमा बित्दा दूध भात खान्छन्।

    भाइ प्रदीपलाई एमालेले बुवाको मृत्युपछि उम्मेदवार बनाएपछि दाजु प्रकाश चौधरी बुवाको किरिया बसेका छन्। उनको किरिया आउँदो सोमबार अर्थात् जेठ २ गते सकिन्छ। यो बीचमा प्रदीप किरिया बस्ने छैनन्। किनभने ३ गते निर्वाचन आयोगले तुलसीपुर-१७ मा निर्वाचनको मिति तोकेको छ। त्यसैले प्रदीले घरका अरू सदस्यले काज किरियाको काम सिध्याई चोखीनिधि भइ सकेपछि पछि ३ गते बेलुकादेखि मात्रै किरियाको काम थाल्ने छन्।

    अहिले त मैले कपाल फाल्न मिल्दैन,प्रदीपले भने,म जेठ ३ गते मात्रै किरिया बस्ने छु र सोही दिन शुद्धिशान्तिको कार्यक्रम गर्ने छु।

    बुवा लबरुले सोचेको कुरा पुरा गर्छु भन्ने सोचका साथ पार्टीले टिकट दिएपछि आँफु मैदानमा उत्रिएको कान्छा छोरा प्रदीपले बताए। ‘ आजदेखि नै म गाउँ घरमा भोट माग्न सुरु गर्ने छु,’ प्रदीपले भने ‘ मलाई वडाबासीले बुवालाई जस्तै माया गर्ने विश्वास लिएको छु।’

    बुधबार दिउँसो सवा १२ बजे प्रदीप तुलसीपुरस्थित सरकारी वकिलको कार्यालयमा मनोनयन दर्ता गर्न केही समर्थकका साथ आएका थिए। साथमा नेकपा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेत जिल्ला सचिव मनोहर बुढाथोकी, तुलसीपुरका मेयर घनश्याम पाण्डेलगायत नेताहरू पनि पुगेका थिए। प्रदीप मनोनयन दर्ता गर्न जाँदा कुनै पनि बाजागाजा र झाँकी जुलुस केही ल्याएका थिएनन्।

    यसअघि २०७४ सालमा तुलसीपुर-१७ मा नेपाली कांग्रेसका नेता थलराज पुरी वडाध्यक्षमा निर्वाचित भएका थिए। अहिले पनि उनले सोही पदमा उम्मेदवार छन्। पुरी पनि लोकप्रिय उम्मेदवार हुन।

    बुधबार, बैशाख २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर
    साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.