• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
मङ्गलबार, पुष ०१, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

राजेन्द्र गौतमले लिए उम्मेदवारी फिर्ता

“एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

“एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

लोकप्रिय समाचार

  • १. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • २. रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

  • ३. जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

  • ४. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ५. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ६. कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

  • ७. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • ८. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • ९. बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ

  • १०. “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

उपत्यकावासीलाई यसरी वितरण गरिँदैछ मेलम्चीको पानी


  •   सोमबार, बैशाख १२, २०७९ मा प्रकाशित
  • काठमाडौँ: उपत्यकामा आइतबारदेखि दोस्रोपटक मेलम्चीको पानी आइपुगेको छ । यसअघि, २०७७ साल चैत १५ गतेदेखि मेलम्चीको पानी उपत्यकाको धारामा आइपुगेको थियो । तर, असार १ गते मेलम्चीमा आएको बाढीसँगै पानी वितरण रोकिएको थियो । त्यसको ठिक डेढ वर्षपछि खानेपानी मन्त्री उमाकान्त चौधरीले उद्घाटन गरेसँगै फेरि उपत्यकामा मेलम्चीको पानी आइपुगेको हो ।

    Advertisement

    उद्घाटन भएसँगै आइतबारदेखि उपत्यकामा मेलम्चीको पानी वितरण सुरु भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । मेलम्चीबाट आइतबार पहिलो दिन ५ करोड लिटर मात्रै पानी उपत्यका आइपुगेको छ । यो पानीलाई अनामनगर, बानेश्वर र खुमलटारबाट समान १÷१ करोड लिटरका दरले वितरण गरियो ।

    यस्तै महाङ्काल चौर (चावहिल)बाट २ करोड लिटर पानी वितरण गरिएको प्राधिकरणका प्रवक्ता प्रकाशकुमार राईले बताए । मेलम्चीबाट आइतबार ५ करोड लिटरमात्रै पानी आयो । सोमबारदेखि साढे ८ करोड लिटर पानी आउँछ| प्रवक्ता राईले भने, वैशाख १५ गतेदेखि १२ करोड लिटर र १७ गतेदेखि १७ करोड लिटर पानी आउँछ ।

    मेलम्ची आयोजनाबाट पूर्णक्षमतामा (१७ करोड लिटर) पानी आउन थालेपछि काठमाडौँ उपत्यकामा सहजरूपमा पानी वितरण प्रक्रिया सुरु गर्ने प्राधिकरणको भनाइ छ । यसअघि, गत वर्ष उपत्यकाका ९ स्थानबाट पानी वितरण भएको थियो । गत वर्ष महाङ्काल चौरका दुई स्थान (नयाँ र पुरानो ट्यांकी), खुमलटार, अनामनगर, मिनभवन, कीर्तिपुर, बाँसबारी, बालाजु र बोडेबाट पानी वितरण गरिएको थियो । यसपटक मेलम्चीको पानी कटुञ्जेबाट समेत उपत्यकावासीलाई वितरण गरिँदै छ । कटुञ्जे थपिएपछि उपत्यकाका १० स्थानबाट पानी वितरण गर्ने तयारीमा प्राधिकरण छ ।

    ‘मेलम्चीको पानी परीक्षणकै क्रममा हामीलाई प्राप्त भएको हो, प्रवक्ता राईले भने,अब १७ गतेसम्ममा दैनिक १७ करोड लिटर नै पानी आउँछ । त्यसपछि उपत्यकाको खानेपानी वितरण सहज हुने अपेक्षा प्राधिकरणले गरेको उनले जनाए । हाल उपत्यकामा १ लाख ७५ हजार घरधुरीलाई खानेपानी पु¥याउनुपर्ने आकलन प्राधिकरणले गरेको छ । ती घरमा बहालमा बसेका लाखौं नागरिकलाई समेत समेट्नुपर्ने हुन्छ ।

    मेलम्चीको पानी उपत्यका नआइपुग्दा प्राधिकरणले विभिन्न स्रोतबाट दैनिक १० करोड लिटर पानी संकलन तथा वितरण गर्दै आइरहेको थियो । दैनिक ४३ करोड लिटरभन्दा धेरै पानीको माग रहेको उपत्यकामा जम्मा १० करोड लिटर पानी वितरण गर्नु भनेको मागको तुलनामा निकै कम हो । सोही कारण, प्राधिकरणले उपत्यकाका हरेक क्षेत्रमा कम्तीमा ८ दिन बिराउँदै पानी वितरण गरिरहेको थियो ।

    मागभन्दा धेरै न्यून पानी संकलन तथा वितरण गर्दा प्रत्येक क्षेत्रमा कम्तीमा ८ दिनको ग्याप हुन्थ्यो प्रवक्ता राई भन्छन् कुनै क्षेत्रमा पानी वितरण गर्ने समयमा पानीको लाइन बिग्रेमा १६ देखि २२ दिनसम्म पानी वितरण हुँदैनथ्यो ।

    प्राधिकरणले सुन्दरीजल, दक्षिणकाली, विष्णुमति, बोडे, भण्डारे, शेषनारायण लगायतका मुहानबाट उक्त पानी संकलत तथा वितरण गर्दै आइरहेको थियो । यसबाहेक, जमिनमुनिको पानीसमेत संकलन गरेर वितरण हुँदै आएको थियो । बर्खायाममा उपत्यका आसपासकै स्रोतबाट १७ करोड लिटरसम्म पानी संकलन हुनेमा सुक्खायाममा घटेर १० करोड लिटर हाराहारी पानी संकलन हुने गरेको छ ।

    मेलम्चीको १७ करोड लिटर पानी वितरण प्रणालीमा जोडिएपछि प्राधिकरणसँग दैनिक २७ करोड लिटर वितरणयोग्य पानी हुनेछ । यसबाट, उपत्यकावासीमा खानेपानी वितरण गर्न सहज हुने प्राधिकरणले जनाएको छ । यद्यपि, बर्खायाममा मेलम्चीबाट पानी आउन रोकिएसँगै वितरणमा फेरि उस्तै समस्या हुनेमा प्राधिकरण चिन्तित छ । मेलम्ची आयोजनाका प्रवक्ता राजेन्द्र पन्तीले परीक्षणका क्रममा रहेकाले आइतबार ५ करोड लिटरमात्रै पानी उपत्यका आइपुगेको बताए । उनले सुरूमा पानी ल्याउँदा चनाखो रहनुपर्ने भएकाले थोरै पानी आएको रातोपाटीलाई जानकारी दिए ।

    सुक्खायाममा पानी आए पनि बर्खायाममा पानी ल्याउन सकिँदैन,उनले भने,सुरूमा थोरै धमिलो पानी पस्यो भने पनि पुरै सुरूङ सफा गर्नुपर्छ । ​सुरूमा धमिलो पानी नपसोस् भनेर बर्खायाममा पुरै सुरूङ बन्द गरेर पानी ल्याउनै बन्द गरिने आयोजनाको भनाइ छ । मेलम्चीको सुरूमा धमिलो पानी पसेमा सुरूङमा बालुवा र गेगरान आउने भएकाले त्यसबाट जोगाउने बन्द गरिने बताइएको छ । यस्तै, अहिलेको स्थायी संरचना नभएकाले पनि सुरूङ बन्द गरेर पानी ल्याउन रोक्नुपर्ने बाध्यता रहेको जनाइएको छ ।

    यद्यपि, एसियाली विकास बैंकले बनाएको अध्ययन प्रतिवेदन हाल खानेपानी मन्त्रालयमा रहेको र सो प्रतिवेदनले मेलम्ची आयोजनालाई बाढीको समयमा जोगाउन भूमिका खेल्ने प्रवक्ता पन्तीले बताए । उक्त प्रतिवेदनअनुसार नै मन्त्रालयले योजना बनाइरहेको र सोहीअनुसार काम अघि बढ्ने उनको भनाइ छ । तर मेलम्चीको मुहानमा स्थायी संरचना बनाउन कम्तीमा पनि ३ वर्ष लाग्ने उनले बताए ।

    मेलम्चीको भौगर्भिक स्थिति नियालेर त्यसअनुसारको संरचना बनाउन ३ वर्ष लाग्छ,’ उनले भने, ‘त्यतिबेलासम्म सुरूङ बचाउन पनि बर्खायाममा बन्द गर्नुपर्छ ।
    मेलम्ची सुरूङको पूर्ण क्षमता ५१ करोड लिटर पानी ल्याउन सकिने भए पनि हाल १७ करोड लिटरमात्रै ल्याइन्छ । उक्त सुरूङमा याङ्ग्री र लार्के खोलाको पानी जोडेपछि मात्रै पूर्ण क्षमतामा काठमाडौंमा पानी आउने बताइएको छ । मेलम्चीबाट मात्रै सबै क्षमताअनुसार पानी ल्याउन मिल्दैन ।

    • मेलम्चीको पानी
    सोमबार, बैशाख १२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार
    चुनाव नलड्ने एमाले नेता युवराज ज्ञवालीको घोषणा
    ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की
    कसैलाई जागिर वा रिक्त स्थानमा नियुक्ति गर्न सक्दिन् ः मन्त्री पुन
    दमकमा ‘राष्ट्रिय परिवर्तन पार्टी’को औपचारिक घोषण गरिँदै
    गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • २.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • ३.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • ४.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    • ५.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ६.
      कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

    भर्खरै

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

    • ३.
      राजेन्द्र गौतमले लिए उम्मेदवारी फिर्ता

    • ४.
      “एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

    • ५.
      “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

    • ६.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ७.
      पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

    • ८.
      एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.