• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
मङ्गलबार, पुष ०१, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

“एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

“एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

बजेट अभावले हुलाकी राजमार्गका १८ वटा पुलको ठेक्का प्रक्रिया अलपत्र

एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद नरहने

लोकप्रिय समाचार

  • १. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • २. रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

  • ३. जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

  • ४. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ५. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ६. कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

  • ७. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • ८. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • ९. बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ

  • १०. डीएसपी मधु नेपाल बहुविवाह मुद्दामा पक्राउ

मृत्यु हुनु भन्दा अघि म मर्न चाहान्न भनेर दाजुसँग सहयोग मागेकी रहेछिन् अमृताले


  •   शनिबार, बैशाख ०३, २०७९ मा प्रकाशित
  • काठमाडौँ: बुटवल तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा ३० चैतमा शंकास्पद मृत्यु भएकी अमृता खत्री टण्डनले मृत्यु हुनुभन्दा अघि आफूलाई उद्धार गर्न दाजुसँग सहयोग मागेको खुलेको छ ।

    Advertisement

    दाजु पुष्पक खत्रीलाई राति साढे ९ बजे फेसबुक म्यासेञ्जरमा कुरा गरेकी उनले लेखेकी छन्, ‘दाइ म मर्न चाहन्न, मलाई यहाँ (घर) बाट निकाल्नुस् ।’तर त्यस्तो म्यासेज लेखेको आधा घण्टामै विष सेवनबाट उनको मृत्यु भएको खबर आएको माइती पक्षले बताएको छ । त्यो साँझ अमृता राति साढे ८ बजेसम्म माइती घरमै थिइन् । तीन पटकसम्म श्रीमान प्रेम टण्डनले फोन गरेको र घर नआए छोरालाई जे पनि हुन सक्ने धम्की दिएपछि घर गएकी अमृताकी आमा सावित्राले पत्रकारहरुसँग बताइन् ।

    माइतबाट घर गएको करिव ४० मिनेट पछि राती ९ः१४ मा अमृताले म्यासेजमा लेखेकी थिइन्, ‘माइतीले भन्छन् घर जा, घरकाले भन्छन् तेरो माइत जा, चेलीको जिन्दगी पनि कस्तो ? घर न घाटको अब त्यो चेली कहाँ जाने ?’

    दाजु पुष्पकले उपलब्ध गराएको म्यासेजको स्क्रिन सटमा अमृताले लेखेकी छन्, ‘दाई म मर्न चाहन्न, म यहाँ बस्न नि सक्दिन, दाइ हजुरको बोझ नि हुन चाहन्न, प्लिज दाई मलाई यहाँबाट निकाल्न हेल्प गर्नु म निस्किन्छु ।’ त्यसपछि पुष्पकले भोलि भाञ्जा लिएर आइज, कुरा गरौंला भनेका थिए । त्यसपछि उनीहरुको कुराकानी भएन ।

    पुष्पकले बहिनीलाई तत्काल फोन गरे तर फोन स्वीच अफ थियो । त्यसपछि अमृताले विष सेवन गरेको भन्दै श्रीमान् प्रेम टण्डनले लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याए ।

    इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अमृतालाई राति ९ बजेर ४५ मिनेटमा अस्पताल पु¥याइएको थियो । अस्पतालले ९ बजेर ५० मिनेटमा अमृताको पहिल्यै मृत्यु भइसकेको जानकारी गराएको थियो ।

    माइती पक्षले अमृताले विष सेवन गर्ने कुनै आधार नभएको भन्दै योजनावद्ध हत्या गर्न विष सेवन गराएकोहुन सक्ने बताएको छ । ‘छोेरीले मर्ने कुरा कहिल्यै गरिन, बरु छुट्टिएर एक्लै बस्छु भन्थी’, आमा सावित्राले भनिन्, ‘यो आत्महत्या हुँदै होइन ।’

    प्रहरीको भूमिकाप्रति आशंका,

    मृतकका माइती पक्षले प्रहरीले सुरुदेखि नै अनुसन्धान फितलो बनाउन खोजेको भन्दै इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीको भूमिकाप्रति आशंका व्यक्त गरेका छन् ।
    अनुसन्धान र डीएसपीको भूमिकाप्रति हामीलाई चित्त बुझेको छैन, शंका लागेको छ’, मृतकका दाजु पुष्पकले भने, ‘घटनाको सीआईबी टोलीबाट उच्चस्तरीय छानबिन हुनुपर्छ ।’

    निष्पक्ष अनुसन्धानका लागि दबाब दिन अमृताको माइती पक्षले आन्दोलन सुरु गरेको छ । माइतीमा रहेकी अमृतालाई पटकपटक फोन गरेर बोलाउनु, विष सेवन गरेको भने पनि सुरुमा माइती र छिमेकीलाई खबर नगरी सिधै अस्पताल पु¥याउनु र मृत्यु भएपछि मात्र माइतीलाई जानकारी दिनुले योजनावद्ध हत्या भएको माइती पक्षको दावी छ ।

    नौ वर्षअघि प्रेम विवाह गरेकी अमृतालाई श्रीमानसंगै सासु र ससुरा समेतले सुरुदेखि नै हेला गर्ने र यातना दिने गरेको मृतकका दाजु पुष्पक बताउँछन् । विवाह भएको एक बर्षपछि प्रेम र अमृताको एक छोरा जन्मेको थियो ।

    ‘साना तिना कुरामा पनि गालीगलौज गर्ने र लाञ्छना लगाउने काम भइरहेको थियो’ पुष्पकले भने, ‘गत भदौमा पनि वडा कार्यालयमा निवेदन दिएर मिलेर बस्ने सहमति भएको थियो ।’ मृत्यु हुनु अघिल्लो दिन पनि श्रीमान् प्रेमले अमृतालाई हातपात गरेको र भारत जान दबाव दिँदा अमृताले अस्वीकार गरेको माइती पक्षको भनाइ छ ।

    बहिनीमाथि हातपात भएको थाहा पाएपछि पुष्पक श्रीमती मधुलाई लिएर बहिनीको घरमा गएका थिए । तर अमृताकी सासु दीपा टण्डनले घरको मामिलामा किन हस्तक्षेप गर्न आएको भनेर दाजु भाउजुलाई घरमा छिर्न नदिएको उनीहरुले बताएका छन् ।

    प्रेम टण्डन र उनको परिवारले केही महिना अघिदेखि पुष्पकसहित अमृताका माइती सबैको फोन ब्लक गर्नुले पनि हत्यामा परिवारको संलग्नतालाई बल पु¥याएको माइती पक्षको तर्क छ ।अमृताले केही महिनादेखि तिलोत्तमा नयाँ मिलस्थित फर्निचर उद्योगमा लेखापालको काम गर्दै आएकी थिइन् ।

    अमृताको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ र अहिलेसम्म पोष्टमार्टम हुन सकेको छैन । पोष्टमार्टमका लागि शवलाई काठमाडौं लैजान माइती पक्षको माग छ ।
    उनको मृत्यु किटनाशक विषादी डीडी फैक्सको प्रयोगबाट भएको चिकित्सकलाई उधृत गर्दै इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । भारतमा मात्र पाइने र नेपालमा खुल्ला रुपमा बिक्री गर्न नपाइने यो बिषादी अमृतासम्म कसरी आइपुग्यो भन्नेमा माइती पक्षले प्रश्न उठाएको छ ।

    राति घर फर्किएकी अमृता आफैंले विष लिएर सेवन गर्ने अवस्था नभएकोले घरपरिवारले नै सुनियोजित रुपमा विष सेवन गराएको हुन सक्ने माइती पक्षको दावी छ ।
    अमृताको माइतीको किटानी जाहेरीपछि प्रहरीले अमृताका श्रीमान प्रेमलाई बुधबार राति र सासु ससुरालाई बिहीबार नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नवरत्न पौडेलले जानकारी दिएका छन् ।

    • अमृता खत्री
    शनिबार, बैशाख ०३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    “एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”
    “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”
    राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने
    एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु
    श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय
    ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • २.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • ३.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • ४.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    • ५.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ६.
      कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

    भर्खरै

    • १.
      “एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

    • २.
      “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

    • ३.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ४.
      पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

    • ५.
      एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

    • ६.
      श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

    • ७.
      ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

    • ८.
      बजेट अभावले हुलाकी राजमार्गका १८ वटा पुलको ठेक्का प्रक्रिया अलपत्र

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.