काठमाडौँ। भारतको राजस्थानको कोटा सहरमा धार्मिक यात्रामा निस्केका १५ जना बालबालिका करेन्ट लागेर घाइते भएका छन्।
शुक्रबार बिहान सहरको काली बस्तीमा शनिबारबाट सुरू हुन लागेको ‘शिव कथा’ मा जल लगेर गएका बालबालिकाहरू करेन्ट लागेर घाइते भएका हुन्।
घाइते बालबालिकाहरूको कोटास्थित महाराणा भूपाल सिंह अस्पतालमा उपचार भइरहेको छ।
घाइतेमध्ये दुईजना गम्भीर छन्। एकजनाको शरीरको शतप्रतिशत भाग जलेको छ भने अर्का एकजनाको ५० प्रतिशत शरीरको भाग जलेको अस्पतालले जनाएको छ।