काठमाडौँ – धादिङको एक बालिका बलात्कार गरेको आरोपमा आरोपितलाई १८ वर्ष कैद गर्ने फैसला भएको छ ।
गजुरी गाउँपालिका वडा नम्बर ७ निवासी कृष्णबहादुर तामाङलाई ११ वर्षिया बालिका बलात्कार गरेको ठहरमा जिल्ला अदालतले १८ वर्ष कैद गर्ने फैसला सुनाएको हो ।
जिल्ला अदालतको फैसला बमोजिम कसुरदारबाट असुल गरिएको जरिवानाबाट पीडितलाई ६ लाख रुपैयाँ क्षतिपूर्ति दिने उल्लेख छ ।
बालिकालाई ०७८ साउन ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षबाट जिल्ला प्रहरी कार्यालयमा उजुरी गरिएकोमा साउन २९ गते जिल्ला अदालतमा जिल्ला प्रहरी कार्यालय मार्फत उजुरी दर्ता भएको थियो । १० पटकको पेसीपछि मुद्दा फैसला भएको छ ।