काठमाडौँ । नेपाली सेनाले रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी उद्धारमा सहयोग गर्न पूर्वउर्जामन्त्री कुलमान घिसिङलाई बोलाएको छ।
विदेशी विज्ञसहितको टोलीलाई पावर हाउसभित्र पुग्न आवश्यक प्राविधिक समन्वय र सुझाव दिन सेनाले घिसिङको साथ मागेको हो ।
सेनाको आग्रहपछि घिसिङ चिलिमे जलविद्युत आयोजनाको सवारी साधनमा त्यसतर्फ लागेको उनको सचिवालयले बुधवार जनाएको छ । भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट रसुवा र नुवाकोटका ९ मध्ये सात वटामा उद्धारको काम भइरहेको छ ।
त्रिशूली बाढीमा परी हालसम्म १ हजार ३६७ को मृत्यु भएको छ भने चार हजार बढी बेपत्ता छन् ।


