• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, फागुन ११, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

कालीगण्डकीका पुलहरूको निर्माण वर्षौंसम्म अधुरै

सेतोपाटी अनलाइनलाई कारवाही गर्न प्रेस काउन्सिललाई आयोगको पत्राचार

ड्रोनमार्फत पत्ता लाग्यो दुर्घट्नाग्रस्त गाडी, सम्पर्कविहीन रहेका काफ्ले मृत फेला

लोकप्रिय समाचार

  • १. रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

  • २. अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

  • ३. निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

  • ४. नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

  • ५. जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

  • ६. चीन सीमासम्म पिच सडक बनाउने सपना बोक्दै प्रचण्ड चुनाबमा

  • ७. काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

  • ८. ड्रोनमार्फत पत्ता लाग्यो दुर्घट्नाग्रस्त गाडी, सम्पर्कविहीन रहेका काफ्ले मृत फेला

  • ९. कालीगण्डकीका पुलहरूको निर्माण वर्षौंसम्म अधुरै

  • १०. सुनको मूल्य घट्यो,कारोबार कतिमा?

पल शाहविरुद्धको बलात्कारको मुद्दामा के छ प्रमाण ?

  •   शुक्रबार, चैत ०४, २०७८ मा प्रकाशित
  • काठमाडौं: जिल्ला सरकारी वकिलको कार्यालय नवलपुर (नवलपरासी पूर्व) ले कम्तीमा पनि ६ वटा प्रमाणहरु जुटाएर कलाकार पल शाहविरुद्ध जबर्जस्ती करणी (बलात्कार) को मुद्दा दायर गरेको छ ।

    Advertisement

    प्रहरीले पेश गरेको अनुसन्धान प्रतिवेदनका आधारमा शाहमाथि १४ देखि १६ वर्षसम्मकी किशोरी बलात्कारको अभियोगमा अधिकतम (१४ वर्ष) कैद सजायको मागदावी गरिएको छ ।

    जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख एसपी प्रज्वल महर्जनका अनुसार, पीडितको बाबुको जाहेरीका आधारमा अनुसन्धान अघि बढेपनि अन्य प्रमाणहरुले त्यसको पुष्टि गरेकाले मुद्दा दायर भएको हो ।

    ‘हामीले सबै कोणबाट हेर्दा घटना पुष्टि हुने आधार र प्रमाण फेला पारेका छौं’ एसपी महर्जनले भने, ‘१४ वर्षदेखि १६ वर्षकी बालिका बलात्कारको आरोपमा १२ देखि १४ वर्ष कैद सजायको व्यवस्था छ । हामीले अधिकतम सजाय हुनुपर्छ भनी मागदाबी गरेका छौं ।’

    प्रहरीले ६ फरक प्रमाणले बलात्कारको पुष्टि हुने दाबी गरेको छ । पीडितका बाबुले जाहेरीमा उल्लेख गरे अनुसार, सुटिङका क्रममा कलाकार शाहसहित पीडित र अरु व्यक्तिहरु ७ चैत २०७७ मा गैडाकोट रिसोर्टमा थिए । त्यही दिन राति कलाकार शाह पीडितको कोठामा प्रवेश गरेर जबर्जस्ती गरेको अभियोगमा उल्लेख छ । त्यो व्यहोरालाई पीडितले प्रहरीसँगको बयानका क्रममा समेत पुष्टि गरेकी छन् ।

    नवलपुरका सहायक जिल्ला न्यायाधिवक्ता डालबहादुर नेपालीका अनुसार, रिसोर्टको अभिलेखले कलाकार पल शाह जाहेरीमा उल्लेख गरिएको दिन त्यहाँ पुगेको र पीडितसमेत त्यही दिन रिसोर्टमा बसेको पुष्टि हुन्छ । रिसोर्टका सञ्चालकको बयानले त्यो दिन कलाकारहरु रिसोर्टमा बसेको बयान त गरेका छन् नै, साथसाथै कलाकार शाहले मदिरा सेवन गरेको समेत उल्लेख छ ।

    यसबाहेक कलाकार दुर्गेश थापाले समेत बयान गरेका छन् । उनले त्यो दिन आफू समेत रिसोर्टमा गएको र पीडितका साथै कलाकार शाह पनि त्यहीँ रहेको बयान दिएका छन् । त्यसबाहेक सञ्चारमाध्यमहरुमा सार्वजनिक भएको अडियो रेकर्डसमेत अभियोगपत्रका साथमा प्रमाणको रुपमा पेश भएको छ, जसमा कलाकार शाहले ‘शारीरिक सम्बन्ध भएकै कारण आफूले पीडितलाई विवाह गर्न बाध्य नहुने’ अभिव्यक्ति थिए ।

    मुलुकी अपराध संहिता ऐन–२०७४ अनुसार बलात्कारको घटनामा एक वर्षको हदम्यादको व्यवस्था छ । गतवर्ष ७ चैतमा घटना भएकाले आगामी सोमबारभित्र मुद्दा दायर भइसक्नुपर्ने थियो । तर बीचमा सार्वजनिक विदा परेकाले प्रहरीले जोखिम लिन नचाहिं हदम्याद सकिनुभन्दा केही दिनअघि नै मुद्दा दायर गरेको हो ।

    नवलपुर जिल्ला अदालतका वैतनिक वकिल दीपक भट्टराईका अनुसार, शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा अनुसन्धान चलिरहेकाले त्यहाँ मुद्दा दायर भएपछि नवलपुरमा ल्याइने छ ।

    ‘शाहविरुद्धको जाहेरी एउटा टुंगो लाग्छ, मुद्दा दायर भयो भने त्यसक्रममा थुनछेक आदेश हुन्छ । त्यसपछि मात्रै आरोपितलाई नवलपुरमा ल्याइनेछ’ उनले भने, ‘दुवै अदालतमध्ये कुनै एकले थुनामा राख्नु भनी आदेश गरेमा आरोपित थुनिनुपर्छ ।’

    • पल शाहविरुद्ध बलात्कारको मुद्दामा के छ
    शुक्रबार, चैत ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ
    जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद
    ड्रोनमार्फत पत्ता लाग्यो दुर्घट्नाग्रस्त गाडी, सम्पर्कविहीन रहेका काफ्ले मृत फेला
    सुनको मूल्य घट्यो,कारोबार कतिमा?
    दलहरूलाई निर्वाचन आयोगको ६४ बुँदे निर्देशन
    उज्यालो नेपाल पार्टीमा छोटो समयमै देशभर समर्थन बढेको कुलमानको दाबी

    Facebook Page

    लोकप्रिय

    • १.
      रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

    • २.
      अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

    • ३.
      निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

    • ४.
      नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

    • ५.
      जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

    • ६.
      चीन सीमासम्म पिच सडक बनाउने सपना बोक्दै प्रचण्ड चुनाबमा

    भर्खरै

    • १.
      अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

    • २.
      जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

    • ३.
      रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

    • ४.
      निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

    • ५.
      नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

    • ६.
      काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

    • ७.
      कालीगण्डकीका पुलहरूको निर्माण वर्षौंसम्म अधुरै

    • ८.
      सेतोपाटी अनलाइनलाई कारवाही गर्न प्रेस काउन्सिललाई आयोगको पत्राचार

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.