• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, कार्तिक १५, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य

खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने

खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा हाजिर भए

रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै

१३ कार्तिक २०८२, बिहिवार October 30,Thursday, 2025

संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना !

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

  • २. सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

  • ३. खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

  • ४. खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने

  • ५. सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

  • ६. १२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

  • ७. नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य

  • ८. विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

  • ९. संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

  • १०. रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै

बुहारी र तीन नाति-नातिना गुमाएकी सरस्वतीको पिडा !


  •   सोमबार, कार्तिक २०, २०८० मा प्रकाशित
  • शुक्रबार बेलुकी खाना खाएर रुकुम आठबिसकोट नगरपालिका –१४ छेपारेकी ६० वर्षकी सरस्वती जैसी विस्तारामा गइन् । साथमा थिइन्, ६ वर्षकी नातिनी भगवती जैसी । घरको पल्लो कोठामा ३० वर्षकी बुहारी अमृता जैसीसँग एक नातिनी र एक नाति थिए । राति ११: ४७ मा बसेको घर एकाएक हल्लियो । ठूलो गर्जनसहित भित्ताहरु भत्किन थाले । ‘निदाएकै बेला घरको भित्ता हामी माथि खस्यो’ उनले भनिन्, ‘सबै चिज एकाएक भयो, हेर्दाहेर्दै म र नातिमाथि भित्ता खसेर बजारियो ।’सुरुमा त के भएको हो सरस्वतीले भेउ पाउनै सकिनन् । जब सम्हालिइन्, घर पुरै भत्किसकेको थियो । आफूसँगै निदाएकी नातिनी घरको भित्ताले पुरिएकी थिइन् । ‘मेरो टाउको बाहेक सबै शरीर माटोले पुरिएको थियो’ उनले भनिन्, ‘चिच्याएर रुने बाहेक केही गर्न सकिनँ ।’भूकम्प गएको आधा घण्टापछि उनी चिच्याएको सुनेर छिमेकीका दुई जना आएर उद्धार गरे ।

    Advertisement

    आफ्नो उद्धार भएलगतै उनी बुहारी र नाति-नातिनीको खोजीमा लागिन् । ‘जिउँदै छे कि भनेर ढुंगा माटो पन्छाएर हेरेँ’ उनले भनिन्, ‘तर उनीहरुले सास छोडिसकेका रहेछन् ।’आफैंसँग सुतेकी नातिनीको लास देखेपछि चाहिँ उनलाई आफू पनि मरे झैं लाग्यो । ‘सबै कुरा यति छिटो भयो कि सँगै सुतेकी नातिनीलाई पनि बचाउन सकिन’ उनी भत्किएको घर हेर्दै टोलाई रहन्छिन् ।बुहारी र नाति-नातिनी त बिते । उनीहरुको काजकिरिया गरिदिने पनि कोही भएनन् । दुईवटै छोरा भारतमै भएकाले दाहसंस्कार गर्न समस्या छ । भूकम्पमा मृत्यु भएकाहरु सरस्वतीको जेठो छोराको परिवार हो ।

    शवको पोष्टमार्टमपछि उनका साइला जेठाजु दाहसंस्कारका लागि तयार भए । प्रितु जैशीले नै शनिबार बेलुकी गाउँ छेउमा बग्ने भेरी नदीमा चार जनालाई दागबत्ती दिए । अहिले सरस्वती गाउँकै नवज्योति आधारभूत विद्यालयमा किरिया बसिरहेकी छन् । भन्छिन्, ‘जे हुनु भइगयो, संस्कार त पूरा गर्नु पर्‍यो नि !’भारतमा भएका छोराहरु फर्किँदैछन् । ‘उसले आफ्नो जहान र छोराछोरी बितेको खबर पाएको छ’ उनले अनलाइनखबरसँग आफ्नो पीडा पोखिन्, ‘बाटोमा छ रे, आउँदै होला ।’उनलाई चिन्ता छ, ‘छोराे फर्किएपछि के पो जवाफ दिने होला ?’

    सोमबार, कार्तिक २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप
    नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य
    खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी
    खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने
    खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा हाजिर भए
    रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै

    Facebook Page

    लोकप्रिय

    • १.
      गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

    • २.
      सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

    • ३.
      खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

    • ४.
      खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने

    • ५.
      सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

    • ६.
      १२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

    भर्खरै

    • १.
      सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

    • २.
      नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य

    • ३.
      खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

    • ४.
      खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने

    • ५.
      खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा हाजिर भए

    • ६.
      रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै

    • ७.
      १३ कार्तिक २०८२, बिहिवार October 30,Thursday, 2025

    • ८.
      संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.