×
सोमबार, साउन ०६, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

नेपालमा पहिलो पटक अनलाइन टीभी पत्रकार संघले जारी गर्यो एआई आचारसंहिता !

रास्वपाले उम्मेदवार छान्ने नयाँ मापदण्ड !

रास्वपा प्रदेश सभा खारेज गर्ने लाईनमा छ सांसद ; मनिष झा

जेएमसीले फोर्डको विद्युतीय एसयूभीमा बीवाईडीको ब्लेड ब्याट्री, चीनमा उत्पादन गर्ने

रुकुम पश्चिमका ५५ जना दलित समुदायले छोडे माओवादी

बामदेवलाई भित्र्याउँदै नेपालले भने :कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ

एनटिसीले गर्यो नेपालमा टेलिग्राम एप बन्द

आवश्यक परे सडक संघर्षमा जानुपर्ने प्रचण्डको निर्देशन

नेपाल–चीन सम्बन्ध विस्तारमा कुनै कमी नहुने प्रधानमन्त्री ओलीको दाबी

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमका ५५ जना दलित समुदायले छोडे माओवादी

  • २. रास्वपाले उम्मेदवार छान्ने नयाँ मापदण्ड !

  • ३. बामदेवलाई भित्र्याउँदै नेपालले भने :कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ

  • ४. भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न ज्ञापनपत्र लिएर अख्तियार पुग्यो राप्रपा

  • ५. जेएमसीले फोर्डको विद्युतीय एसयूभीमा बीवाईडीको ब्लेड ब्याट्री, चीनमा उत्पादन गर्ने

  • ६. देशका कुनाकाप्चासम्म शिक्षाको पहुँच पुग्न चुनौती रहेको देउवाको दाबी

  • ७. आवश्यक परे सडक संघर्षमा जानुपर्ने प्रचण्डको निर्देशन

  • ८. एनटिसीले गर्यो नेपालमा टेलिग्राम एप बन्द

  • ९. नेपाल–चीन सम्बन्ध विस्तारमा कुनै कमी नहुने प्रधानमन्त्री ओलीको दाबी

  • १०. मन्त्रिपरिषद्का निर्णय सार्वजनिक, यस्ता छन् निर्णयहरू

चितवनमा लम्पी स्किन विरुद्धको खोप अभियान सञ्चालन


  •   बुधबार, साउन १७, २०८० मा प्रकाशित
  • काठमाडौँ । चितवन जिल्लामा पशुचौपायामा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने भएको छ। यही साउन २५ गतेदेखि साताव्यापी रुपमा खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

    Advertisement

    प्रदेश सरकारको सहयोगमा खोप अभियान सञ्चालन गर्न लागिएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र भरतपुरका पशुविकास अधिकृत डा. रामचन्द्र आचार्यले बताउनुभयो । उहाँका अनुसार प्रदेश सरकारबाट प्राप्त खोपलाई सातै पालिकामा वितरण गरी पशुलाई लगाइन्छ । प्रदेश सरकारले १३ जिल्लामा नै अभियानका रुपमा लम्पी स्किन विरुद्धको खोप लगाउन लागेको उहाँले जानकारी दिनुभयो ।

    उहाँले अभियानका लागि साउन २२ गतेसम्म खोप जिल्लामा आइपुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले पाँच हजार डोज खोप आउने अनुमान गरेका छौँ ।’ प्रदेश सरकारले अभियानका रुपमा खोप कार्यक्रम सञ्चालन गरेको हुँदा पछि पुनः थप हुन सक्ने उनको भनाइ छ। सातै पालिकामा पालिएका गाईभैँसीमा यो खोप लगाइने छ ।

    डा. आचार्यले रोग लागिसकेका, गोठमा रोग देखिएका पशुहरुलाई खोप नलगाइने बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्वस्थ पशुलाई खोप लगाइन्छ ।’ जिल्लाका पालिकाहरुको सक्रियतामा खोप लगाइँदै आइएको छ । यसलाई सहयोग गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो ।

    जिल्लामा हालसम्म १८ हजार पाँच सय ९० पशुमा लम्पी स्किन विरुद्धको खोप लगाई सकिएको छ । भरतपुर महानगरपालिकामा तीन हजार सात सय ९०, खैरहनी नगरपालिकामा तीन सय, राप्ती नगरपालिकामा ६ हजार, रत्ननगरमा आठ हजार पाँच सय पशुमा खोप लगाइएको उहाँले जानकारी दिनुभयो ।

    डा. अधिकारीका अनुसार जिल्लामा हालसम्म ११ हजार एक सय ८५ गाईभैँसीमा यो रोग देखिएको छ । कार्यालयको तथ्याङ्कअनुसार हालसम्म दुई सय ८७ गाई रोगका कारण मरिसकेका छन् ।

    गर्मी याममा लामखुट्टे, झिँगा लगायतका कारण यो रोगको प्रकोप देखिने गरेको आचार्यले जानकारी दिनुभयो । गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओँठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्याल काढ्ने, लिम्फनोडहरू सुक्नेजस्ता लक्षण देखा पर्दछन् ।

    यो रोग विशेषगरी सङ्क्रमित लामखुट्टे, झिँगा लगायतको टोकाइबाट लाग्ने गर्दछ । सङ्क्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवम् पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ ।

    यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिँगा, लामखुट्टे तथा अन्य कीराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकतानुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने आचार्यले बताउनुभयो ।

    बुधबार, साउन १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालमा पहिलो पटक अनलाइन टीभी पत्रकार संघले जारी गर्यो एआई आचारसंहिता !
    रास्वपाले उम्मेदवार छान्ने नयाँ मापदण्ड !
    रास्वपा प्रदेश सभा खारेज गर्ने लाईनमा छ सांसद ; मनिष झा
    जेएमसीले फोर्डको विद्युतीय एसयूभीमा बीवाईडीको ब्लेड ब्याट्री, चीनमा उत्पादन गर्ने
    रुकुम पश्चिमका ५५ जना दलित समुदायले छोडे माओवादी
    बामदेवलाई भित्र्याउँदै नेपालले भने :कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ

    Facebook Page

    लोकप्रिय

    • १.
      रुकुम पश्चिमका ५५ जना दलित समुदायले छोडे माओवादी

    • २.
      रास्वपाले उम्मेदवार छान्ने नयाँ मापदण्ड !

    • ३.
      बामदेवलाई भित्र्याउँदै नेपालले भने :कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ

    • ४.
      भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न ज्ञापनपत्र लिएर अख्तियार पुग्यो राप्रपा

    • ५.
      जेएमसीले फोर्डको विद्युतीय एसयूभीमा बीवाईडीको ब्लेड ब्याट्री, चीनमा उत्पादन गर्ने

    • ६.
      देशका कुनाकाप्चासम्म शिक्षाको पहुँच पुग्न चुनौती रहेको देउवाको दाबी

    भर्खरै

    • १.
      नेपालमा पहिलो पटक अनलाइन टीभी पत्रकार संघले जारी गर्यो एआई आचारसंहिता !

    • २.
      रास्वपाले उम्मेदवार छान्ने नयाँ मापदण्ड !

    • ३.
      रास्वपा प्रदेश सभा खारेज गर्ने लाईनमा छ सांसद ; मनिष झा

    • ४.
      जेएमसीले फोर्डको विद्युतीय एसयूभीमा बीवाईडीको ब्लेड ब्याट्री, चीनमा उत्पादन गर्ने

    • ५.
      रुकुम पश्चिमका ५५ जना दलित समुदायले छोडे माओवादी

    • ६.
      बामदेवलाई भित्र्याउँदै नेपालले भने :कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ

    • ७.
      एनटिसीले गर्यो नेपालमा टेलिग्राम एप बन्द

    • ८.
      आवश्यक परे सडक संघर्षमा जानुपर्ने प्रचण्डको निर्देशन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.