काठमाडौं । डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर जाने क्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटनामा परेको छ । गाडीमा सवार मन्त्री सिंहसहितका ५ जना घाइते भएको बझाङ प्रहरीले जनाएको छ ।
मन्त्री सवार सुपप्र०१००१झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिका धारछडा ठाउँमा दुर्घटनामा परेको प्रहरीले बताएको हो । प्रहरीले दुर्घटनापछि उद्धार गरिरहेकाले थप विवरण आउन बाँकी रहेको छ ।