काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाढीपहिरो पीडितको उद्धार र राहत वितरणमा छुट्टै संयन्त्र नबनाई सरकारलाई नै सघाउने निर्णय गरेको छ।
बिहीबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकमा समसामयिक परिस्थिति र विपद् व्यवस्थापनको विषयमा छलफल गर्दै रास्वपाले सरकारको कामलाई अझै प्रभावकारी बनाउन मद्दत गर्ने निष्कर्ष निकालेको हो ।
सचिवालय सदस्य लिमा अधिकारीले बैठकमा एकदेखि डेढ घण्टासम्म विपद् व्यवस्थापन र राहत वितरणकै विषयमा छलफल भएको जानकारी दिइन्। पार्टी कार्यालयमा संकलन भएका राहत सामग्री सरकारको एकद्वार प्रणालीमार्फत वितरण गर्ने रास्वपाको तयारी छ।


