• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, भदौ २४, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

गृहमन्त्रीको भाषणमा रास्वपा नेताहरूकै असन्तुष्टि

विभागले अनुगमन गर्‍यो बाढी पीडितको राहत खाद्य सामग्री

रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुन: सुचारु

लोकप्रिय समाचार

  • १. रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

  • २. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ३. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ४. रसुवा बाढी: १ हजार २५२ शव फेला, अझै ४ हजार २१६ जना सम्पर्कविहीन

  • ५. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • ६. स्टन्ट गरेको भन्नेलाई सुधनको जवाफ: कुर्सीमा बसेर कागजात मात्रै समात्ने परिँन

  • ७. बाढीपछि केरुङमै रोकिएकामध्ये ११३ जना आज नेपाल फर्किँदै

  • ८. रसुवा बाढीपछि बंगलादेश पठाउने बिजुली रोकियो

  • ९. कुलमानले भने: रसुवागढी,चिलिमे लगायत आयोजनामा फसेका पनि सुरक्षित रहेको आशा भयो

  • १०. सरकार फिल्डमा हैन, फेसबुकमा मात्रै देखियो: कांग्रेस

गृहमन्त्रीको भाषणमा रास्वपा नेताहरूकै असन्तुष्टि


  •   बुधबार, भदौ २४, २०८३ मा प्रकाशित
  • काठमाडौँ । मंगलबार भदौ २३ गते जेन -जी आन्दोलनको वर्ष दिनमा जेन-जी दिवस मनाइयो । पुरानो संसद् भवन परिसरमा भएको कार्यक्रममा मन्त्री, सांसद, जेन -जी घाइते, सहिद परिवारदेखि लिएर सर्वसाधरणहरुको उपस्थिति थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि थिए गृहमन्त्री सुधन गुरुङ । कार्यक्रममा गुरुङ आक्रामक शैलीमा प्रस्तुत भए । कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले पुराना दलहरूलाई ‘सुध्रिन’ चेतावनी दिएका थिए । आफूहरू राजनीति सिक्न नभएर सिकाउन आएको उनको अभिव्यक्ति थियो ।

    Advertisement

    उनले भनेका थिए, ‘पुराना दलका केही साथीहरूले हाम्रो आन्दोलनलाई विभिन्न तरिकाले व्याख्या गरेको देख्दा अचम्म लाग्छ । म उहाँहरू सबैलाई भन्न चाहन्छु । त्यो दिन इतिहास हो । इतिहास कसैले फेरेर फेरिँदैन । इतिहास फेर्ने कोसिस नगर्नुस् । त्यो इतिहास थियो भन्ने साबित गर्नलाई तीन करोड नेपाली जनताले हामीलाई जिताएर पठाएको हो । यो आन्दोलनलाई अपमान गर्नु भनेको तीन करोड जताको अपमान हो, यो पनि स्मरण रहोस् । त्यही भएर तपाईंहरुलाई सुध्रिनुस् भन्न चाहन्छु । अझै पनि समय छ । सुध्रिनुस् ।’

    उनले जेन-जीको माग पूरा हुनबाट कसैले रोक्न नसक्ने बताए । गुरुङले भने, ‘सबै जेन-जी पुस्तालाई के भन्न चाहन्छु भने हाम्रो माग पुरा नहुन देशमा अब अर्को एउटा गोली चल्नुपर्छ, त्यो गोली मेरो शिरबाट मात्र हुन्छ । तपाईंको यो मन्त्री, यो दाई, भाइ, छोरा एउटै कुराले ढल्न सक्छ, त्यो कुरा हो, अर्को एउटा गोली । अर्को एउटा गोलीले मात्रै मलाई ढाल्न सक्छ । तर अर्को गोली चलाउन यो देशमा कसैको हिम्मत छैन । कसैले चलाउन हिम्मत गर्न सक्दैन ।’

    ‘हामीलाई विभिन्न लाञ्छना लगाउनुहुन्छ । कसैले हाम्रो भाषण मिलेन भन्छ । कसैले लुगा मिलेन भन्छ । योभन्दा बढी ह्यान्डसम हामी देखिन सक्दैनौँ, सरी । यो हाम्रो जेनेरेसन हो ।’

    ‘वि आर हियर टु टिच पोलिटिक्स । हामी राजनीति सिक्न आएको होइन सिकाउन आएको हो । तपाईंको राजनीतिले जनतालाई राज गर्न सिकायो, हामी सेवा गर्न सिकाउँछौँ । वि केम हियर टु चेन्ज ट्रेडिसन । टीका लगाएर आएको होइन हामी । चुनाव जितेर, दुई तिहाइको बहुमत ल्याएको सरकार हो, चेतना भया । यु मेस्ड विथ द रङ जेनेरेसन ।’

    ‘पत्रकार मित्रहरूलाई पनि सन्देश दिन चाहन्छु । तपाईँहरूले धेरै काम गर्नुभएको छ, सम्मान छ । तर ३/४ जना छन् नि । तपाईँहरूको पार्टीसँगै तपाईँहरू पनि सुध्रिनुस् भन्न चाहन्छु ।’

    गुरुङको यो भाषणलाई लिएर रास्वपा नेताहरूले नै असन्तुष्टि जनाएका छन् । रास्वपाकै संसदीय दलकी सचेतक क्रान्तिशिखा धितालले सुध्रिनु अरूले मात्रै पर्ने हो भन्दै प्रश्न गरेकी छिन् । उनी लेख्छिन्, सुध्रिनु अरूले मात्रै पर्ने । हामीले चाहिँ सुध्रिनु नपर्ने रु यही दिन देख्नलाई थियो महान् शहीदहरूको बलिदान रु

    धितालले पोहोर साल आफूहरूले नै प्रेस स्वतन्त्र होस्, सत्ता निरङ्कुश नबनोस्, जसको जुन स्थान हो, ऊ त्यही स्थानमा बसोस् भनेर सडकमा उत्रिएको स्मरण गरेकी छन् ।

    ‘हामीले राज्यलाई प्रश्न गरेका थियौँ, सत्तालाई विनम्र हुन भनेका थियौँ,’ उनी लेख्छिन्, ‘अहिले हामीमाथि प्रश्न गर्नेहरूलाई किन हामी धम्की र चेतावनीको भाषा बोल्दै छौँ ? के आज हामी अभिव्यक्ति स्वतन्त्रतालाई बल पुग्ने काम गर्दैछौं ? कि हामी बाँकी अधिकारको पनि तेजोबध गर्न उद्धत छौँ ?’

    रास्वपाका महामन्त्री विपीन आचार्यले पनि गृहमन्त्री लक्षित अभिव्यक्ति दिएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘अहङ्कारः विनाशस्य मूलम् । अर्थात्, अहङ्कार नै विनाशको मूल कारण हो ।’

    त्यस्तै रास्वपा सङ्गठन विभाग प्रमुख प्रमोद न्यौपानेले लेखेको स्ट्याटस चर्चामा छ । हिजो साँझ उनले फेसबुकमा लेखेका छन्, श्रव्य-कर्कस
    दृश्य-बिझाउने बदल्छौँ’ भन्नेहरू नै बदलिँदै त छैनौँ ?

    उनीहरूको यो स्ट्याटस गृहमन्त्री गुरुङले गरेको भाषणमा लक्षित नै देखिन्छ ।

    बुधबार, भदौ २४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग
    सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव
    रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन
    चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग
    जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित
    प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    • ३.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ४.
      रसुवा बाढी: १ हजार २५२ शव फेला, अझै ४ हजार २१६ जना सम्पर्कविहीन

    • ५.
      चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

    • ६.
      स्टन्ट गरेको भन्नेलाई सुधनको जवाफ: कुर्सीमा बसेर कागजात मात्रै समात्ने परिँन

    भर्खरै

    • १.
      उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

    • २.
      सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

    • ३.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ४.
      चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    • ५.
      जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

    • ६.
      प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

    • ७.
      गृहमन्त्रीको भाषणमा रास्वपा नेताहरूकै असन्तुष्टि

    • ८.
      विभागले अनुगमन गर्‍यो बाढी पीडितको राहत खाद्य सामग्री

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.