काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले सबै भ्रष्टाचारीहरूलाई एकैपटक जेलमा कोच्ने आफ्नो पार्टीको विचार भएको बताउनु भएको छ । हिजो शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफ्नो पार्टी अब देशमा गन्न नसकिने रूपमा अघि बढिसकेको बताउनु भयो ।
‘विचार छैन भन्छन्, विचारका बारेमा कुरा पछि गरौँला । यो देशका भएभरका भ्रष्टलाई एकैपटक जेल कोच्ने विचार छ,’ उहाँले भन्नुभयो ।
पार्टीलाई दुई तिहाइमा लैजानुपर्ने भएकाले अब खुद्रा कुरामा आफू नबोल्ने उहाँले स्पष्ट पार्नुभयो । साना कुरामा बोल्ने समय आफूसँग नरहेको भन्दै अब सधैँ ठूला कुरामा मात्रै बोल्ने उहाँले बताउनुभयो ।