काठमाडौं । गोलभेंडा उत्पादक किसानले उचित मूल्य नपाएको भन्दै आफ्नो उत्पादन सडकमा फ्याँकेर विरोध जनाएका छन् । कालिमाटी तरकारी बजारको सडक किनारमा किसानले गोलभेंडा फ्याँकेका हुन् । आइतबार बिहान गोलभेंडा लिएर कालिमाटी पुगेका किसानले उचित मूल्य नपाएपछि सडकमै खन्याइदिएका हुन् ।
किलोको ८ रूपैयाँमा गोलभेंडा बेच्नुपरेपछि फ्याँक्नुको विकल्प नभएको किसानहरुको भनाइ छ । उचित मूल्य नपाए माइतीघर र सिंहदरबारअगाडि गोलभेंडा फाल्ने चेतावनी किसानले दिएका छन् ।
टनेलमा उत्पादित गोलभेंडाले उचित बजार मूल्य नपाएको हुँदा किसानले आफ्नो टमाटर तरकारी बजारमा ल्याएर कालिमाटीभित्र तथा मुख्य गेट नजिकै फालेर आन्दोलन गरेको कालिमाटी तरकारी बजार विकास समितिले जनाएको छ । अहिले कालीमाटी तरकारी बजारमा भारतीय गोलभेंडा ४० रुपैयाँ प्रतिकिलोमा ब्रिकी भइरहेको छ भने नेपाली टनेलको गोलभेंडा ८ रुपैयाँमा ब्रिकी हुने गर्छ ।