काठमाडौं । तमोर नदीले धनकुटाको मूलघाटमा खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले नदीले खतराको तह पार गरेको जानकारी दिएको छ । नदीले खतराको तह पार गरेपछि तल्लो तटीय क्षेत्रमा बासिन्दालाई सतर्क रहन भनिएको छ ।
मनसुन भित्रिएको साता दिन नबित्दै पूर्वी पहाडी जिल्ला बाढीपहिरोको चपेटामा परेका छन् । ताप्लेजुङ, पाँचथर र संखुवासभामा २५ जना बेपत्ता भएको र एक जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खोज, उद्धार र राहतमा जुट्न सरोकारवाला सबैलाई निर्देशन दिनु भएको छ ।